प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

काठमाडौं ।गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५ सय ९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ ।अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखका छन् ।नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’(ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गरेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.