प्यूठान — प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद बसेललाई मनोनयन गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय सर्वोच्च अदालतले अन्तरिम रोक लगाएको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयले २०८२ जेठ ५ गते मन्त्रीस्तरीय निर्णयमार्फत बसेललाई अध्यक्ष नियुक्त गरेको थियो। तर, उक्त निर्णयलाई चुनौती दिइएको रिटमा अदालतले मनोनयन कार्यान्वयन नगर्न आदेश जारी गरेको हो।
अदालतको आदेशसँगै पूर्वअध्यक्ष विजयबिराज विष्ट पुनः समितिको अध्यक्ष पदमा फर्कनुभएको छ। मन्त्रालयले पदाधिकारीहरूको कार्यकाल नटुंगी गैरकानुनी रूपमा समिति विघटन गरी नयाँ नियुक्ति गरेको आरोप लगाइएको छ।
Advertisement