• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • प्युठान— मंगलबार मलेसियामा नेपाली यु–१६ क्रिकेट टोलीले जापानमाथि सहज जित निकाल्यो। खेलको नायक बने — अर्घाखाँचीका १६ वर्षीय शुभम खनाल। उनले १० ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर ५ विकेट लिए। तर यो पाँच विकेट केवल खेलको आँकडा होइन, यो छ एक अधुरो सपनाको सार्थकता।
    शुभमका बुवा केशव खनालको आँखामा क्रिकेटप्रतिको प्रेम बाल्यकालमै बसेको थियो। घरको कमजोर आर्थिक अवस्था, अभाव र जिम्मेवारीले उनलाई क्रिकेट मैदानमा कहिल्यै पुर्‍याएन। ११ वर्षको कलिलो उमेरमै भारत पसे। त्यहाँ उनले सुनील गावस्कर र सचिन तेन्दुलकरलाई टिभीमा हेर्दै क्रिकेटप्रेमी बने।
    “म काम छाडेर भारत–पाकिस्तानको खेल हेर्न जान्थें,” उनी सम्झिन्छन्, “तर ब्याट बल किन्न सकिनँ। मनको रहर मनमै थामियो।”
    सपना अधुरै रह्यो। नेपाल फर्किए, दाङमा सानो व्यवसाय सुरु गरे। समय बित्दै गयो। तर क्रिकेटप्रतिको प्रेम मरेन। र, जब सन् २०१४ मा नेपालले विश्वकप छनोट खेल्यो, बुवाको त्यो दबिएको प्रेमले नयाँ रुप लियो — छोराको आँखामा सपना बनेर।
    शुभम प्रोजेक्टरमा खेल हेर्थे र बुवालाई भन्थे, “म पनि देशका लागि खेल्छु।”
    त्यही दिनदेखि केशवले छोराको सपना आफ्नो बनाए। सुरु भयो संघर्षको अर्को यात्रा। दिल्ली लगे, उमेरले होस्टेलले नलिएपछि फर्किए। कर्णाली प्रिमियर लिगमा सोमपाल कामीसँग भेट हुँदा उनले शक्ति गौचनको एकेडेमी जाने सल्लाह दिए। बुटवल पुगे, शक्ति सरलाई भेट्न संघर्ष गरे।
    “शक्ति सरले छोराको बलिङ हेरिसकेपछि भने — बाबुमा प्रतिभा छ, सुधार्नुपर्छ।” केशवको आँखामा आँसु झुल्कन्छ।
    त्यसपछि शुभमको तालिम सुरु भयो। संघर्षले अझ गहिरो रुप लियो। मासिक ४०–५० हजार रुपैयाँ खर्च हुँदासमेत बुवा पछि हटेनन्।
    “छोराले जुनसुकै कुरा मागोस्, म दिन सक्छु भन्ने लाग्छ। किनकि त्यो मेरो अधुरो सपनाको यात्रा हो।”
    शुभमले बल्ल ब्याट सम्हाल्न पाए। बल्ल आफ्नो सपना जिउन पाए। दाङ क्रिकेट लिगमा ३५ हजारमा बिक्री भए। त्यो पहिलो कमाइ बुवाले सामाजिक काममा खर्च गरिदिए। सिकाए — जिम्मेवारी र मानवीयता।
    अहिले शुभमले नेपालको जर्सीमा अन्तर्राष्ट्रिय मैदानमा इतिहास रच्न थालेका छन्। जापानविरुद्धको पाँच विकेट त्यो संघर्षको प्रमाण हो।
    “छोराले शिर गर्वले उचालिदियो,” बुवा भन्छन्, “आज मेरी आमा जीवित हुनुहुन्थ्यो भने कति गर्व गर्नुहुन्थ्यो होला।”
    शुभमका लागि यात्रा यत्तिमै सकिएको छैन। बुवा केशवको सपना अझ बाँकी छ।
    “शुभम गौचन सर जस्तो बन्न नसके पनि १० प्रतिशत भइदियो भने म सफल ठान्छु,” उनी भन्छन्, “म त्यो दिन हेर्न चाहन्छु जब नेपाल टेस्ट राष्ट्र बन्छ र कलिला छोराछोरीले अन्तर्राष्ट्रिय मैदानमा आफ्नो सपना जिउन पाउँछन्।”

    Advertisement

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...