• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

लोकप्रिय समाचार

  • १. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • २. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • ३. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. दाङमै क्यान्सर उपचार सुरु

  • ८. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ९. प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

  • १०. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • प्युठान— मंगलबार मलेसियामा नेपाली यु–१६ क्रिकेट टोलीले जापानमाथि सहज जित निकाल्यो। खेलको नायक बने — अर्घाखाँचीका १६ वर्षीय शुभम खनाल। उनले १० ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर ५ विकेट लिए। तर यो पाँच विकेट केवल खेलको आँकडा होइन, यो छ एक अधुरो सपनाको सार्थकता।
    शुभमका बुवा केशव खनालको आँखामा क्रिकेटप्रतिको प्रेम बाल्यकालमै बसेको थियो। घरको कमजोर आर्थिक अवस्था, अभाव र जिम्मेवारीले उनलाई क्रिकेट मैदानमा कहिल्यै पुर्‍याएन। ११ वर्षको कलिलो उमेरमै भारत पसे। त्यहाँ उनले सुनील गावस्कर र सचिन तेन्दुलकरलाई टिभीमा हेर्दै क्रिकेटप्रेमी बने।
    “म काम छाडेर भारत–पाकिस्तानको खेल हेर्न जान्थें,” उनी सम्झिन्छन्, “तर ब्याट बल किन्न सकिनँ। मनको रहर मनमै थामियो।”
    सपना अधुरै रह्यो। नेपाल फर्किए, दाङमा सानो व्यवसाय सुरु गरे। समय बित्दै गयो। तर क्रिकेटप्रतिको प्रेम मरेन। र, जब सन् २०१४ मा नेपालले विश्वकप छनोट खेल्यो, बुवाको त्यो दबिएको प्रेमले नयाँ रुप लियो — छोराको आँखामा सपना बनेर।
    शुभम प्रोजेक्टरमा खेल हेर्थे र बुवालाई भन्थे, “म पनि देशका लागि खेल्छु।”
    त्यही दिनदेखि केशवले छोराको सपना आफ्नो बनाए। सुरु भयो संघर्षको अर्को यात्रा। दिल्ली लगे, उमेरले होस्टेलले नलिएपछि फर्किए। कर्णाली प्रिमियर लिगमा सोमपाल कामीसँग भेट हुँदा उनले शक्ति गौचनको एकेडेमी जाने सल्लाह दिए। बुटवल पुगे, शक्ति सरलाई भेट्न संघर्ष गरे।
    “शक्ति सरले छोराको बलिङ हेरिसकेपछि भने — बाबुमा प्रतिभा छ, सुधार्नुपर्छ।” केशवको आँखामा आँसु झुल्कन्छ।
    त्यसपछि शुभमको तालिम सुरु भयो। संघर्षले अझ गहिरो रुप लियो। मासिक ४०–५० हजार रुपैयाँ खर्च हुँदासमेत बुवा पछि हटेनन्।
    “छोराले जुनसुकै कुरा मागोस्, म दिन सक्छु भन्ने लाग्छ। किनकि त्यो मेरो अधुरो सपनाको यात्रा हो।”
    शुभमले बल्ल ब्याट सम्हाल्न पाए। बल्ल आफ्नो सपना जिउन पाए। दाङ क्रिकेट लिगमा ३५ हजारमा बिक्री भए। त्यो पहिलो कमाइ बुवाले सामाजिक काममा खर्च गरिदिए। सिकाए — जिम्मेवारी र मानवीयता।
    अहिले शुभमले नेपालको जर्सीमा अन्तर्राष्ट्रिय मैदानमा इतिहास रच्न थालेका छन्। जापानविरुद्धको पाँच विकेट त्यो संघर्षको प्रमाण हो।
    “छोराले शिर गर्वले उचालिदियो,” बुवा भन्छन्, “आज मेरी आमा जीवित हुनुहुन्थ्यो भने कति गर्व गर्नुहुन्थ्यो होला।”
    शुभमका लागि यात्रा यत्तिमै सकिएको छैन। बुवा केशवको सपना अझ बाँकी छ।
    “शुभम गौचन सर जस्तो बन्न नसके पनि १० प्रतिशत भइदियो भने म सफल ठान्छु,” उनी भन्छन्, “म त्यो दिन हेर्न चाहन्छु जब नेपाल टेस्ट राष्ट्र बन्छ र कलिला छोराछोरीले अन्तर्राष्ट्रिय मैदानमा आफ्नो सपना जिउन पाउँछन्।”

    Advertisement

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो
    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
    गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    प्युठानमा १४ जनाको मनोनयन दर्ता

    लोकप्रिय

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • ३.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      दाङमै क्यान्सर उपचार सुरु

    • २.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ३.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ४.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ५.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ६.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ७.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ८.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...