धनुषा । नापजाँच भएको करिब ११ वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।
साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गतको गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मै सम्पन्न भएको थियो । नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो ।
नापी कार्यालय धनुषाले नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ११० थान जग्गाधनी पुर्जा वितरण गरेको हो ।
वर्षौंदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले लालपुर्जा पाएसँगै आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
पुर्जा वितरणसँगै लामो समयदेखि स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीयको जग्गासम्बन्धी कानुनी प्रक्रिया सहज हुने भएको छ ।
Advertisement