काठमाडौं । निर्माणाधीन नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रमअन्तर्गत सांसदहरूले करिब ५ सय वटा बिरुवा रोपेका छन् ।
संघीय संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको सहभागिता थियो ।
संसद भवन परिसरलाई हराभरा, सुन्दर र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताए । उनले सांसदहरूले आफूले रोपेको बिरुवाको कार्यकालभरि नियमित हेरचाह र संरक्षण गर्नुपर्नेमा जोड दिए ।
वृक्षारोपणमा एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, ज्यामिरकाँड, हलुवाबेद, निम, पैयुँ, समी र गुलमोहरलगायत फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक प्रजातिका बिरुवा रोपिएको संसद सचिवालयले जनाएको छ ।
नयाँ संसद भवन निर्माण परियोजनाअन्तर्गत बगैंचा व्यवस्थापनका लागि परिसरमा रोपिने विभिन्न प्रजातिका बिरुवा र तिनका स्थानसमेत निर्धारण गरिएको छ ।
नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
Advertisement
तपाईको प्रतिक्रिया