गुल्मी । किसानका लागि अनुदानमा उपलब्ध गराइने रासायनिक मल चर्को मूल्यमा कालोबजारी गरेको आरोपमा गुल्मीबाट एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा अनुदानको युरिया र डीएपी मल स्थानीय व्यापारीमार्फत बढी मूल्यमा बिक्री–वितरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले विभिन्न पसल र घरबाट ५० केजीका युरिया २१४ बोरा र डीएपी १०६ बोरा गरी कुल ३२० बोरा रासायनिक मल बरामद गरेको छ।
पाण्डेविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ
अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया