• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा


  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित
  • प्यूठान । जिल्लाका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५ अर्ब ३१ करोड १० लाख ३८ हजार १३९ रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। पाँचवर्षे कार्यकालको अन्तिम बजेट भएकाले अधिकांश पालिकाले नयाँ र महत्वाकांक्षी कार्यक्रमभन्दा निर्माणाधीन तथा अधुरा आयोजना सम्पन्न गर्न प्राथमिकता दिएका छन्।
    बजेट आकारका आधारमा प्यूठान नगरपालिका ८९ करोड ८८ लाख १० हजार रुपैयाँसहित सबैभन्दा ठूलो बजेट ल्याउने स्थानीय तह बनेको छ। मल्लरानी गाउँपालिकाको बजेट ४१ करोड ३९ लाख ९ हजार ७०९ रुपैयाँ रहेको छ, जुन जिल्लामै सबैभन्दा कम हो। स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४७ लाख ९९ हजार, गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार र झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख ३१ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
    त्यस्तै, नौबहिनी गाउँपालिकाको बजेट ५६ करोड ७९ लाख ३१ हजार ८ सय, ऐरावती गाउँपालिकाको ५२ करोड ९२ लाख ८० हजार, सरुमारानी गाउँपालिकाको ४६ करोड ९० लाख तथा माण्डवी गाउँपालिकाको ४४ करोड ५१ लाख ४ हजार १३० रुपैयाँ रहेको छ।
    २०७९ वैशाखमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल अन्त्यतिर पुगेकाले अधिकांश स्थानीय तहले पुराना तथा अधुरा आयोजना सम्पन्न गर्न बजेट केन्द्रित गरेका छन्। सडक, खानेपानी, कृषि, सिंचाइ तथा भौतिक पूर्वाधारका कार्यक्रमलाई निरन्तरता दिइएको छ। नयाँ योजना घोषणा गरिए पनि तिनको आकार र प्रभाव सीमित देखिन्छ।
    केही पालिकाले सामाजिक तथा लक्षित वर्गका कार्यक्रमलाई निरन्तरता दिएका छन्। सरुमारानी गाउँपालिकाले ‘एक घर एक खानेपानी’, ‘छोरी पेवा बचत’ तथा अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिका लक्षित कार्यक्रमलाई निरन्तरता दिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र पुँजीलाई स्थानीय उद्यमसँग जोड्ने नीति पनि अघि सारेको छ।
    नौबहिनी गाउँपालिकाले आगामी चार वर्षभित्र बालविवाह शून्यमा झार्ने लक्ष्य राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पर्यटन प्रवर्द्धनका लागि ‘नौबहिनी मिडिया सम्मेलन’ आयोजना गर्ने योजना पनि बजेटमा समेटिएको छ।
    केही स्थानीय तहले लिफ्ट खानेपानी आयोजनाको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने तथा स्थानीय करार र विद्यालय कर्मचारीको तलब १० प्रतिशतसम्म वृद्धि गर्ने व्यवस्था गरेका छन्। यस्ता कार्यक्रमले स्थानीय तहबाट प्रत्यक्ष सेवा लिने नागरिकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
    यद्यपि अधिकांश बजेटमा सेवा प्रवाहको गुणस्तर सुधार, संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन, राजस्व वृद्धि तथा रोजगारीका दिगो आधार निर्माणका कार्यक्रम पर्याप्त रूपमा प्राथमिकतामा परेको देखिँदैन। कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइए पनि उत्पादन, बजारीकरण र रोजगारी सिर्जनाबीचको सम्बन्ध स्पष्ट रूपमा स्थापित गर्न धेरै स्थानीय तह सफल देखिएका छैनन्।
    अन्तिम वर्षको बजेटले अधुरा आयोजना सम्पन्न गर्ने संकेत गरे पनि सेवा सुधार, सुशासन र आर्थिक आत्मनिर्भरताका दीर्घकालीन आधार निर्माण गर्ने विषय भने अझै चुनौतीकै रूपमा रहेको देखिन्छ।

    Advertisement

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • २.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ५.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ८.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation