• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • प्युठान — प्युठानको माडी नदीमाथि निर्माणाधीन जलुके–नल्सी पक्की पुल अलपत्र पार्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरिएको छ। सडक डिभिजन कार्यालय, प्युठानले काममा प्रगति नगरेको भन्दै निर्माण कम्पनीविरुद्ध कानुनी तथा प्रशासनिक कारबाही प्रक्रिया अघि बढाएको हो।
    स्वर्गद्वारी नगरपालिका–३ जलुके र वडा नं. ७ नल्सी जोड्ने ८० मिटर लामो र ११ मिटर चौडा पुल निर्माणका लागि २०७३ वैशाख १६ गते करिब ९ करोड ८५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि पटक–पटक म्याद थप्दा समेत निर्माण पूरा हुन सकेन।
    सडक डिभिजन कार्यालय, प्युठानका अनुसार निर्माण कम्पनी मृत सञ्जिवनी लोहनी एण्ड ब्रदर्श नल निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दा पनि काममा उल्लेखनीय प्रगति नदेखिएपछि ठेक्का रद्द गरिएको हो।
    कार्यालय प्रमुख दीपक सुनारका अनुसार ठेक्का रद्दसम्बन्धी सार्वजनिक सूचना जारी भइसकेको छ। अब कार्यसम्पादन जमानत र धरौटी जफत गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको छ।
    सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। साथै, वित्तीय फरफारकका लागि कम्पनीलाई १५ दिनको समय दिइएको छ।
    हालसम्म पुलको करिब ७५ प्रतिशत भौतिक प्रगति भए पनि बाँकी काम अधुरै छ। पुल नबन्दा जलुके र नल्सीका स्थानीय वर्षौंदेखि सहज आवागमनबाट वञ्चित हुँदै आएका छन्।
    पुरानो ठेक्का रद्द भएसँगै अब बाँकी निर्माण कार्यका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ।

    Advertisement

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation