• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • मसुरिया। दाङको राप्ती गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको छ।
    संस्थागत प्रसुतिसम्बन्धी दिगोपनाका सबै सूचक पूरा गरेपछि आइतबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेका हुन्।
    निर्धारित मापदण्डअनुसार चार पटक गर्भवती जाँच गराउने दर ९९.६ प्रतिशत, तीन पटक उत्तरप्रसूति जाँच गराउने दर ९९.३ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिने दर शतप्रतिशत तथा घरमा हुने प्रसुति शून्य रहेको पाइएको छ।
    गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाभित्रका ५ सय ७७ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामै प्रसुति सेवा लिएका थिए। तीमध्ये जटिल अवस्था भएका ४८ जनालाई थप उपचारका लागि जिल्ला बाहिरका स्वास्थ्य संस्थामा रिफर गरिएको थियो।
    राप्ती गाउँपालिकाले विगत केही वर्षदेखि क्रमशः विभिन्न वडालाई पूर्ण संस्थागत प्रसुति वडा घोषणा गर्दै आएको थियो। गाउँपालिकाअन्तर्गत लालमटिया स्वास्थ्य चौकी, भालुबाङ र राप्ती आधारभूत अस्पताल कालापानीमा बर्थिङ सेन्टर सञ्चालनमा छन्। भालुबाङमा प्रादेशिक अस्पताल स्थापना भएपछि त्यहाँबाट समेत प्रसुति सेवा उपलब्ध हुँदै आएको छ।
    गाउँपालिका अध्यक्ष तथा स्थानीय प्रजनन स्वास्थ्य समन्वय समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता र स्वास्थ्य मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री घिमिरेले मातृ तथा शिशु स्वास्थ्य सुधारमा राप्ती गाउँपालिकाले हासिल गरेको उपलब्धि अनुकरणीय रहेको बताए।
    उनले संस्थागत प्रसुतिलाई दिगो बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै प्रदेश सरकारले मातृ तथा शिशु स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए।
    कार्यक्रममा अध्यक्ष विष्टले पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा सम्पूर्ण राप्तीवासीको साझा उपलब्धि भएको बताए। स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा तीनै तहका सरकारको समन्वय र प्रतिबद्धताले यो सफलता सम्भव भएको उनको भनाइ थियो।
    उनले अब शून्य मातृ मृत्यु र शून्य नवजात शिशु मृत्युको लक्ष्यतर्फ अघि बढ्नुपर्ने बताउँदै भालुबाङ अस्पताललाई प्रदेशकै नमूना तथा सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्न पर्याप्त बजेट, विशेषज्ञ जनशक्ति र अत्याधुनिक उपकरणको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे।
    कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ आयुर्वेद विज्ञ डा. दिवाकर ठाकुर, स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य प्रशासक ठगबहादुर गुरुङ तथा सामुदायिक स्वास्थ्य निरीक्षक रीता न्यौपानेलगायतले संस्थागत प्रसुतिले मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उपलब्धिलाई दिगो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए।
    सो अवसरमा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियो।

    Advertisement

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • २.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ३.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ६.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ७.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ८.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation