• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. विदुरका दुई वडामा बल्यो बत्ती

सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • काठमाडौं। सुदूरपश्चिम प्रदेशका २६ स्थानीय तहले आफूहरूलाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएपछि कृषि, वन तथा वातावरण मन्त्रालयले तत्काल मल लैजान आग्रह गर्दै अन्यथा डिपोबाटै किसानलाई सिधै बिक्री गरिने चेतावनी दिएको छ।
    मन्त्रालयका अनुसार प्रदेशका ४३ स्थानीय तहमध्ये १७ वटाले मात्रै मल उठाएका छन् भने २६ पालिकाले हालसम्म उठान गरेका छैनन्। पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित स्थानीय तहले चासो नदिएको मन्त्रालयको भनाइ छ।
    कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनको तथ्यांकअनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी र अछामका विभिन्न स्थानीय तहले तोकिएको परिमाणको मल उठाएका छैनन्। कैलालीमा गोदावरी नगरपालिकाले २१ हजार २३० किलो, गौरीगंगा नगरपालिकाले ६ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो र धनगढी उपमहानगरपालिकाले २१ हजार ५०० किलो मल उठाउन बाँकी छ।
    कञ्चनपुरमा भीमदत्त नगरपालिकाले १ लाख ६ हजार ८ सय किलो र बेदकोट नगरपालिकाले १ लाख ६ हजार ४ सय किलो मल हालसम्म उठाएका छैनन्। अछामका साँफेबगर नगरपालिका, बन्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले पनि मल लैजान बाँकी रहेको मन्त्रालयले जनाएको छ।
    धान रोपाइँको मुख्य सिजन सुरु भइसकेको अवस्थामा मल ढुवानी र वितरणमा ढिलाइ हुँदा किसान प्रभावित हुन थालेका छन्। स्थानीय तहले समयमै समन्वय नगर्दा मल किसानसम्म पुग्न नसकेको मन्त्रालयको निष्कर्ष छ।
    सुदूरपश्चिमका लागि कृषि सामग्री कम्पनीमार्फत उपलब्ध हुने मलमध्ये ५२ प्रतिशत कैलाली र ३२ प्रतिशत कञ्चनपुरमा वितरण हुने व्यवस्था छ। बाँकी १६ प्रतिशत मल अन्य पहाडी जिल्लाका स्थानीय तहका लागि छुट्याइएको छ। त्यस्तै, साल्ट ट्रेडिङमार्फत वितरण हुने मलमध्ये ३४ प्रतिशत कैलाली र ५४ प्रतिशत कञ्चनपुरका लागि विनियोजन गरिएको छ भने बाँकी १२ प्रतिशत अन्य जिल्लामा वितरण गरिने व्यवस्था छ।
    मन्त्रालयले तत्काल मल उठान र वितरण प्रक्रिया अघि नबढाइए किसानलाई आवश्यक पर्ने मल डिपोबाटै सिधै बिक्री गर्ने जनाएको छ।

    Advertisement

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ३.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ४.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ७.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ८.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation