काठमाडौं। कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित शाखा कार्यालयमा झण्डै १० करोड केजी रासायनिक मल मौज्दात रहे पनि किसानसम्म पुग्न नसकेको पाइएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार कम्पनीका जिल्ला शाखाहरूमा ९ करोड ८२ लाख ३५ हजार ४५० केजी रासायनिक मल थन्किएको छ। केन्द्रबाट मल पठाइए पनि वितरण प्रक्रिया प्रभावकारी नहुँदा किसानले आवश्यक समयमा मल पाउन नसकेको देखिएको छ।
सबैभन्दा बढी मौज्दात मधेश प्रदेशका शाखाहरूमा रहेको छ, जहाँ यूरिया, डीएपी र पोटास गरी करिब ४ करोड ८१ लाख केजी मल भण्डारणमा छ। लुम्बिनी प्रदेशमा पनि २ करोड ४० लाख केजीभन्दा बढी मल मौज्दात रहेको तथ्यांकले देखाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाहरूमा समेत ठूलो परिमाणमा मल थन्किएको छ। मन्त्रालयले मौज्दात मलको समयमै वितरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।
मलले गोदाम भरियो, खेत रित्तै रहे
मलले गोदाम भरियो, खेत रित्तै रहे
Advertisement
तपाईको प्रतिक्रिया