• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

मसालको दाबी : ‘अमेरिकी डिजाइनमा जनमत, आन्दोलन हाइज्याक’


  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं — नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताएका छन्। चैत ५ र ६ गते बुटवल मा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै उनले पछिल्लो जनमत अमेरिकी डिजाइन र योजनाअनुसार आएको आरोप लगाए।
    पत्रकार सम्मेलनमा सिंहले हालै सम्पन्न आम निर्वाचन, देशभर भएका आन्दोलन तथा हिंसात्मक घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्दै त्यसलाई वास्तविक जनमत मान्न नसकिने बताए। उनका अनुसार निर्वाचन प्रक्रिया नेपालको आवश्यकता, संविधानको मर्म र जनताको चाहनाअनुसार नभई बाह्य शक्तिको प्रभावमा अघि बढाइएको हो।
    संसद् विघटनदेखि पुनः निर्वाचनसम्मको प्रक्रिया योजनाबद्ध रूपमा सञ्चालन गरिएको दाबी गर्दै उनले त्यसले देशमा ‘कठपुतली सरकार’ निर्माणको आधार तयार गरेको टिप्पणी गरे।
    चैत २३ र २४ गते देशभर भएका आन्दोलनलाई उनले भ्रष्टाचार, सामाजिक अन्याय र विसंगतिविरुद्धको अभिव्यक्ति भने पनि स्पष्ट नेतृत्व र राजनीतिक दिशा नहुँदा विभिन्न अवसरवादी शक्तिले त्यसलाई प्रयोग गरेको आरोप लगाए। युवाको स्वतःस्फूर्त सहभागिता रहेको आन्दोलन ‘हाइज्याक’ गरिएको उनको भनाइ थियो।
    नेपालमा अमेरिकी प्रभाव विस्तार गर्ने प्रयास तीव्र भएको उल्लेख गर्दै उनले एमसीसी जस्ता परियोजनामार्फत रणनीतिक प्रभाव बढाउने प्रयास भइरहेको बताए। यसले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हितमा नकारात्मक असर पार्न सक्ने उनको चेतावनी छ।
    हिंसात्मक घटनाबारे सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति उनले आपत्ति जनाए। आन्दोलनका क्रममा भएका गोली प्रहार, आगजनी र तोडफोडलाई गम्भीर अपराध भन्दै दोषीमाथि निष्पक्ष छानबिन र कारबाहीको माग गरे। साथै, शान्तिपूर्ण आन्दोलनको दाबी गर्ने पक्षले हिंसाप्रति जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
    सोही कार्यक्रममा चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा ले निर्वाचनपछि देशको अवस्थामाथि प्रश्न उठेको जनाएको छ। केसीले संसद्, सिंहदरबार लगायत संरचनामाथि आक्रमणको प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
    उनले एमसीसी पारित गर्ने दलहरूले एसपीपी अस्वीकार गरेपछि ‘जेनजी आन्दोलन’ अमेरिकी डिजाइनमा भड्काइएको दाबी गरे। साथै, नयाँ सरकारले देशलाई निकास दिन नसक्ने टिप्पणी गर्दै आफ्नो पार्टी राष्ट्रियता र जनताको मुद्दामा केन्द्रित रहने बताए।मसालले रास्वपा नेतृत्वमा सरकार बनेपछि देशमा शान्ति, सुव्यवस्था र सुशासन नभई अराजकता र दण्डहीनताको स्थिति उत्पन्न हुने बढी सम्भावना रहेको निचोड निकालेको छ ।

    Advertisement

    आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation