रामेछापमा बस दुर्घटना हुदा एकको मृत्यु, २९ घाइते

रामेछाप : दसैं मनाउन गाउँ फर्कदै गरेका यात्रु सवार बस रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। खाँडादेवी गाउँपालिका ३ भिरपानीको सार्की पधेरो भन्ने ठाउमा बस दुर्घटना हुँदा अन्य २९ जना घाइते भएका छन्।

काठमाडौबाट रामेछापको गाल्वातर्फ गइरहेको बा ३ ख ४६७५ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो। बालिकाको पहिचान खुलेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतका अनुसार बस सडकबाट करिब ५० मिटर तल खसेको छ। घाइतेको सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । १२ गम्भीर घाइते रहेको खाडादेवी गाउँपालिका ३ का वडाध्यक्ष पुष्ककुमार कार्कीले जानकारी दिए। विपरित दिशाबाट आइरहेको गाडीलाई साइट दिँदा बस दुर्घटना भएको प्रहरी अनुमा छ।

घटनास्थल जिल्ला सदरमुकाम मन्थलीदेखि करिब ३० किलोमिटर टाढा पर्छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...