• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण


  •   शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
  • झापा- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा नं- ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षा देखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ ।
    केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शिर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको छ । ‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ती सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ’ अपिलमा भनिएको छ ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरुलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ । ’
    एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ । निर्माणाधिन एशियन हाइ वे,मध्यपहाडी राजमार्ग,मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि ओलीलाई मतदान गर्न आहवान गरिएको छ । यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक –रवि सडक–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ ।
    ‘नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्दछ’ अपिलमा भनिएको छ ‘दमक,गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकिकरण गर्दै स्मार्ट सिटीको रुपमा विकास गर्नका लागि ओललाई मतदान गर्नुपर्दछ ।’
    एमालेले भूमिहिन,दलित,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि एमालेले ओलीलाई मतदान गर्नका लागि अनुरोध गरेको छ । एमालेका केन्द्रीय सदस्य दिपक कार्कीका अनुसार रतुवा,मावा,कमल लगायतका खोलाको तटबन्धन कार्य पुरा गर्नका लागि पनि ओलीलाई जिताउन आम मतदातासँग आह्वान गरिएको हो । यसैगरी दमक,गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आहवन गरिएको कार्कीले बताउनुभयो । ‘केपी ओली र झापा ५ एकअर्काका परिपुरक हुन् ’ कार्कीले भन्नुभयो ‘उहाँले गरेका विकास निर्माणका काम,उहाँले प्रत्यक्ष रुपमा चिनेका मतदाता,भूमिगतकालमा बसेका सेल्टरदाताहरुसँगको सामिप्यताले उहाँले चुनाव सहजै जित्नुहुन्छ। ’
    कार्कीका अनुसार पार्टीले मतदातालाई अध्यक्ष ओलीलाई स्मरण गराउनका लागि अपिल जारी गरिएको हो । ‘अपिलमा मुख्य मुख्य विषयहरु समेटिएकोले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रुपमा पनि प्रयोग भएको छ ’ कार्कीले भन्नुभयो ‘यस्तो अपिल परिवार संख्याका आधारमा एउटा वडामा कम्तीमा १५ सय वटा बाडिन्छन् ।’

    Advertisement

    शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation