• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल


  •   शनिबार, माघ १८, २०८२ मा प्रकाशित
  • बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधार निर्माणसँगै अब मानवीय विकास र रोजगार प्रवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन् ।
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर-२ बाट उम्मेदवार बनेका पौडेलले रुपन्देहीमा निर्माणाधीन ठूला भौतिक पूर्वाधारका योजनाहरू सम्पन्न गर्दै औद्योगिक विकासलाई तीव्रता दिने र स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूलाई लगानीका लागि आकर्षित गरी व्यापक रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    एमालेको बुटवल-११ देवीनगर तथा बुटवल-१ पारीबुटवलमा वडास्तरीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै पौडेलले रुपन्देही भौतिक पूर्वाधारको दृष्टिले सम्पन्नताको चरणमा पुगेको उल्लेख गरे । “रुपन्देहीमा भौतिक पूर्वाधार र संरचनाको विकास अब पर्याप्त स्तरमा पुगेको छ,” उनले भने, “अब यसले मात्रै पुग्दैन, यहाँका नागरिकको आयस्तर वृद्धि गर्ने, रोजगारी र स्वरोजगार सिर्जना गर्ने योजनामा मेरो मुख्य ध्यान केन्द्रित हुनेछ ।”
    उनले पछिल्लो समय उठिरहेको ‘जेनजी आन्दोलन’ को प्रमुख माग नै रोजगारी रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम अघि बढाइने बताए । रुपन्देहीका जनताले विश्वस्तरीय जीवनशैलीमा बाँच्न पाउनुपर्नेमा जोड दिँदै उनले जिल्लाका ठूला र महत्वपूर्ण विकास योजनाहरू सम्पन्न गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
    पौडेलले बुटवलमा निर्माणाधीन मुलुककै ठूलो १२ तले लुम्बिनी प्रादेशिक अस्पताललाई समयमै सम्पन्न गर्ने, बुटवलदेखि पोखरासम्मको सडकलाई दुई घण्टामै यात्रा गर्न मिल्ने गरी विस्तार गर्ने, बुटवल-गोरुसिङ्गे र बुटवल-नारायणगढ सडक विस्तारको काम पूरा गर्ने योजना उल्लेख गरे । त्यसैगरी तिनाउ पुलमा ‘सिग्नेचर ब्रिज’ निर्माण गरी त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, मेडिकल कलेज स्थापना लगायतका ठूला परियोजनाहरूमा आफूले खेलेको भूमिकाबारे मतदाताहरू जानकार नै रहेको उनको भनाइ थियो ।
    उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा चलायमान बनाउने, बुटवलमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याउने तथा औद्योगिक क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना गर्न विशेष ध्यान दिइने बताए । आगामी दिनमा पनि जनताको निरन्तर साथ र विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको पौडेलले उल्लेख गरे ।

    Advertisement

    शनिबार, माघ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    लोकप्रिय

    • १.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation