प्युठान। श्रम संस्कृति पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ। लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा सम्पन्न प्रथम भेलाले तुलविर दर्लामीको अध्यक्षतामा १०१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।
कमिटीका उपाध्यक्षहरूमा जयन्ता भण्डारी, मान बहादुर वैगार, पूर्ण बहादुर विक, रामचन्द्र चौधरी र ओमकार थापा चयन हुनुभएको छ।
सचिवमा खडक बहादुर राना चयन हुनुभएको छ भने उप–सचिवहरूमा बालकृष्ण चौधरी, मेग बहादुर थापा, टोप बहादुर महतारा, नर सिंह चौधरी र गमान सिंह गुरुङ रहनुभएको छ।
त्यसैगरी कोषाध्यक्षमा दुर्गा सिंह मगर चयन हुनुभएको छ। सह–कोषाध्यक्षहरूमा हिन्द मणि कहार, राम चरण चौधरी र टीका घर्ती मगर रहनुभएको छ।
कमिटीको प्रवक्तामा प्युठानका गोविन्द गिरी चयन हुनुभएको छ भने सह–प्रवक्ताहरूमा भिम कुमार पुन मगर र जंग बहादुर पहराई रहनुभएको छ।
विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी १०१ सदस्यीय लुम्बिनी प्रदेश कमिटी गठन गरिएको पार्टीले जनाएको छ।
श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन
श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन
Advertisement
तपाईको प्रतिक्रिया