• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु


  •   मङ्गलबार, माघ १४, २०८२ मा प्रकाशित
  • भालुबाङ। दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित दाेलाई खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ।
    लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुको पहलमा बहुवर्षीय योजनाअन्तर्गत पुल निर्माण अघि बढाइएको हो। राप्ती गाउँपालिका–४ मौरीघाटदेखि वडा नम्बर–९ देविकोट हुँदै बङ्गलाचुली जोड्ने गणतन्त्र मार्ग अन्तर्गत पर्ने दाेलाई खोलामा पुल निर्माण भइरहेको छ।
    लुम्बिनी प्रदेश सरकारको ५ करोड २६ लाख ७३ हजार ४ सय ५३ रुपैयाँ लागतमा निर्माण हुने पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर रहनेछ। बहुवर्षीय ठेक्काअन्तर्गत नारायणम निर्माण सेवा प्रा.लि. नेपालगन्जले निर्माणको जिम्मा लिएको छ।
    २०८२ मंसिर १४ गते ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको उक्त पुल १६ महिनाभित्र सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको समयभन्दा अघि नै काम सक्ने लक्ष्यसहित निर्माण भइरहेको निर्माण व्यवसायी कृष्ण गिरीले जानकारी दिनुभयो।
    प्रदेशसभा सदस्य थारुले पुल निर्माणका लागि बहुवर्षीय बजेट विनियोजन गरिएको र योजनाको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर अनुगमन भइरहेको बताउनुभयो। संघीय सरकारको बजेटको अपेक्षामा केही ढिलाइ भए पनि प्रदेश सरकारको पहलमा निर्माण कार्य अघि बढेको उहाँको भनाइ छ।
    यसैक्रममा मंगलबार प्रदेशसभा सदस्य थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्त रूपमा निर्माणस्थलको स्थलगत अनुगमन गर्दै तोकिएको मापदण्डअनुसार गुणस्तरीय सामग्री प्रयोग गरी समयसीमाभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ।
    यसअघि पुल नहुँदा वर्षायाममा दाेलाई खोलामा पानीको बहाव बढ्दा स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो। पुल निर्माणपछि राप्ती गाउँपालिका–४ र ९ का स्थानीयवासीसँगै बङ्गलाचुली गाउँपालिकाका नागरिकलाई समेत यातायातमा सहजता हुने अपेक्षा गरिएको छ।
    यसैगरी, प्रदेशसभा सदस्य थारुकै पहलमा सोही खोलामा वडा नम्बर–५ र ६ जोड्ने पहरुवा–पत्थरगढवा तथा वडा नम्बर–८ र ४ जोड्ने बिजौरी–नयाँगाउँ पक्की पुल निर्माण कार्य पनि जारी रहेको छ।

    Advertisement

    मङ्गलबार, माघ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation