काठमाडौं। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने निर्णय गरेको छ। यो रोक २१ जनवरीदेखि लागू हुने मन्त्रालयले जनाएको छ।
विदेश मन्त्रालयका अनुसार, रोक मुलुकका नागरिकको स्क्रिनिङ र जाँच मापदण्ड पुनरावलोकन नभएसम्म लागू रहनेछ। यसअघिको कानुनी अधिकार प्रयोग गर्दै कन्सुलर अधिकारीहरूले भिसा अस्वीकार गर्न सक्नेछन्।
नयाँ निर्देशिकाअनुसार भिसा अधिकारीहरूले उमेर, स्वास्थ्य, आर्थिक स्रोत, अंग्रेजी ज्ञान र दीर्घकालीन उपचार आवश्यकताको आधारमा आवेदकको मूल्याङ्कन गर्नेछन्।
विदेश मन्त्रालयले यो अस्थायी रोक अनिश्चितकालका लागि लाग्ने बताएको छ र पुनरावलोकन सम्पन्न भएपछि मात्र हटाइने जनाएको छ।
Advertisement