• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

लोकप्रिय समाचार

  • १. भान्साबाट देश चिनाउने युवराजको सपना

  • २. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ३. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ४. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ५. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ६. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ७. बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

  • ८. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ९. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • १०. रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

बंगलादेशमा प्रधानमन्त्रीले देश छाडिन, सेनाले सरकार गठन गर्दै


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । बंगलादेशमा हिंसा चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुका साथै देश छाडेकि छन । यसैबीच बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले सबै राजनीतिक दलको स‌हभागितामा अन्तरिम सरकार गठन गरिने बताएको स्थानिय समाचारमाध्यमले जनाएका छन् ।
    उनले सबै राजनीतिक दलसंगको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको र यस सम्बन्धमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग आफूले कुराकानी गर्ने बताएको स्थानीय समाचारमाध्यमले जनाएका छन् ।
    हसिना सम्भवतः भारतको पश्चिम बंगालतर्फ गएको हुन सक्ने समाचार माध्यमले जनाएका छन् । प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि उनी राजीनामा दिन बाध्य भएकी हुन् । प्रदर्शनकारीले प्रधानमन्त्री निवासभित्र प्रवेश गरी तोडफोड गर्नुका साथै, कतिपय सामान उठाएर लगेका छन् ।
    यसैबीच, एएफपीले शेख हसिना र उनकी बहिनी शेख रेहना सुरक्षित स्थानमा पुगिसकेको जनाएकोछ । देश छाड्नुअघि हसिनाले देशबासीका नाममा सन्देश रेकर्ड गर्न चाहेको तर त्यसको अवसर प्राप्त नगरेको दाबीसमेत स्थानीय समाचार माध्यमले गरेका छन् । प्रदर्शनकारीहरुले शेख हसिनाको सरकारी आवासमा पनि आक्रमण गरेका छन् ।
    बंगलादेशमा सरकार विरोधी आन्दोलनका क्रममा हिजो कम्तीमा ९० जना मारिएका थिए । जटरबारी र ढाका मेडिकल कलेज क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा आज कम्तीमा ६ जना मारिएको समाचार माध्यमले जनाएका छन् ।
    राजधानी ढाकामा सेना परिचालन गरिएको छ । अनिश्चितकालीन कर्फ्यु लगाइए पनि हजारौं प्रदर्शनकारी कर्फ्युको अवज्ञा गर्दै र प्रहरीको घेरा तोड्दै मध्य ढाकाको शाहबाग क्षेत्रमा भेला भएका छन्। शाहबागतिर जान लागेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास र साउन्ड ग्रिनेड प्रहार गरेको थियो । राजधानी ढाकाका विभिन्न स्थान जटराबारी, शहीद मिनार, बाडा, उत्तरा र मिरपुर लगायका क्षेत्रमा प्रदर्शन भइरहेको जनाइएको छ । बिहानैदेखि ब्रोडब्यान्ड इन्टरनेट सेवा बन्द गरिएकोमा दिउँसो २ बजेतिर पुनः सञ्चालनमा ल्याइएको छ । मोबाइल इन्टरनेट सेवा भने बन्द छ ।प्रदर्शनमा हुनसक्ने सम्भावित हिंसालाई रोक्न सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । ढाका विश्वविद्यालय, सरकारी टेलिभिजनको मुख्यालय र मेट्रो रेलसहित राजधानीका विभिन्न स्थानमा सेना परिचालन गरिएको छ ।
    यसैबीच, संयुक्त राष्ट्रसंघले हिंसा बन्द गर्न तथा बंगलादेशी राजनीतिज्ञ र सुरक्षा बललाई संयमता अपनाउन आह्वान गरेको छ ।

    Advertisement

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’
    चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
    अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित
    पोर्चुगल निर्वाचन: लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो
    श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त
    श्रीलङ्कामा सङ्कटकाल घोषणा

    लोकप्रिय

    • १.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • २.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ३.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ४.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ५.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ६.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    भर्खरै

    • १.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • २.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ३.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ५.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ६.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ७.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ८.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation