कोहलपुर । कोहलपुरस्थित हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले चर्चित उपन्यास नीलो प्रेममाथि विशेष परिचर्चा गरिएको छ। कार्यक्रमको उद्देश्य विद्यार्थी र स्थानीय स्रष्टाहरूसँग उपन्यासका गहिरा आयामहरू बुझ्ने तथा लेखकसँग प्रत्यक्ष संवाद गर्ने रहेको थियो।
उपन्यास लेखक पुरुषोत्तम बजगाईँले कार्यक्रममा युवाहरूलाई प्रेमको भावनात्मक गहिराइ बुझ्न र सकारात्मक सोच तथा देश, समाज र प्रकृतिप्रति प्रेमलाई जीवनको महत्त्वपूर्ण अङ्ग बनाउने सुझाव दिनुभयो। “साँचो प्रेमी भनेको आफू र समाज दुवैलाई माया गर्न सक्ने व्यक्ति हो,” उहाँले भन्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख दानबहादुर हमालले उपन्यासमार्फत प्रेमका अनेक रङ र आयाम बुझ्न सकिने र यस किसिमको साक्षात्कारले विद्यार्थीको सिर्जनात्मक क्षमतामा थप हौसला दिने उल्लेख गर्नुभयो।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ महानन्द ढकाल र पूर्णिमाका सल्लाहकार सागर गैरेले शुभकामना मन्तव्य दिँदै संस्थाको विगत र वर्तमानबारे जानकारी गराए। प्रकाशक बी.एन. पुस्तकका प्रबन्धक विष्णु पौडेलसहित करिब पाँच सय सहभागी कार्यक्रममा उपस्थित थिए।
कार्यक्रमको उद्घाटन उपाध्यक्ष डा. खोपीराम वलीले स्वागत मन्तव्यबाट गरे भने अध्यक्ष डा. पुष्कर रिजालले अध्यक्षता गर्नुभयो। कार्यक्रमको सञ्चालन सचिव केशव निमेषले गर्नुभयो।
कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा
कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा
Advertisement
तपाईको प्रतिक्रिया