प्युठान । ऐरावती गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बीच खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी विभिन्न आयोजना सञ्चालनका लागि सम्झौता भएको छ।
गाउँपालिका अध्यक्ष नबिल विक्रम शाह र नेवा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेश दाहालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा ३१९ वटा धारा निर्माण गर्ने लक्ष्य राखिएको छ। जसबाट दुई हजार १ सय ७९ स्थानीय लाभान्वित हुने अपेक्षा छ।
आयोजनाअन्तर्गत ऐरावती–२ को उखुबारी खानेपानी आयोजना, ऐरावती–३ को दारिमपाटा आयोजना, ऐरावती–४ को हर्नाघाट र धुवा खानेपानी आयोजना सम्पन्न गरिनेछ।
अध्यक्ष शाहले आयोजना सम्पन्न भएपछि स्थानीयले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतामा प्रत्यक्ष लाभ लिने बताउँदै तोकिएको समयमा योजना पूरा गर्न निर्देशन दिए।
सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र शाखा प्रमुखहरू उपस्थित थिए।
ऐरावती–नेवा सम्झौता : ३१९ धारा निर्माण, दुई हजारभन्दा बढी लाभान्वित
ऐरावती–नेवा सम्झौता : ३१९ धारा निर्माण, दुई हजारभन्दा बढी लाभान्वित

Advertisement
तपाईको प्रतिक्रिया