• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गढवामा तीन करोडको लागतमा अवधी संग्रहालय निर्माण हुने


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • गढवा (दाङ) — दाङ देउखुरीको गढवा गाउँपालिका–६ मा करिब तीन करोड रुपैयाँको लागतमा अवधी संग्रहालय निर्माण हुने भएको छ।
    शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागमार्फत नेपाल अवधी संस्कृति प्रतिष्ठानको भवन/संग्रहालय निर्माणका लागि बजेट विनियोजन भइसकेको संघीय सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरीले जनाएका छन्।
    भदौ ७ गते बसेको नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रीय समिति र अवधी समाजका अगुवाहरूसँगको बैठकले संग्रहालय निर्माणसम्बन्धी विस्तृत छलफल गरेको थियो। बैठकमा सहयोग संकलन, जग्गादाता तथा सहयोगीदातालाई सम्मान गर्ने विषयमा निर्णय गरिएको प्रतिष्ठानका कोषाध्यक्ष पटवारी यादवले बताए।
    बैठकले गढवा–६ का समाजसेवी दयाराम यादवले एक कठ्ठा जग्गा दान गर्ने र थप एक कठ्ठा खरिदबिक्री गर्ने शर्तमा दान गर्ने निर्णय गरेको जानकारी दिएको छ। खरिदबापतको रकम सहयोगीदाताबाट संकलन गरी भुक्तानी गरिने र सहयोग रकमअनुसार दातालाई सम्मान गरिने सहमति भएको छ।
    निर्णयअनुसार जग्गादाता दयाराम यादव र उनका परिवारले इच्छा गरेअनुसार अर्धकद सालिक निर्माण गरिनेछ। त्यस्तै, एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताको अर्धकद सालिक संग्रहालय परिसरमा राखिनेछ। ५० हजारदेखि एक लाखसम्म सहयोग गर्नेको नाम तिन पुस्तेसहित ताम्रपत्रमा, २० हजारदेखि ५० हजारसम्म सहयोग गर्नेको नाम तिन पुस्तेसहित शिलालेखमा, १० हजारदेखि २० हजारसम्म सहयोग गर्नेको नाम दुई पुस्तेसहित शिलालेखमा, ५ हजारदेखि १० हजारसम्म सहयोग गर्नेको नाम एक पुस्तेसहित शिलालेखमा अंकित गरिनेछ। त्यस्तै, २ हजारदेखि ५ हजारसम्म सहयोग गर्नेको नाम भित्ते लेखनमार्फत र १०१ रुपैयाँदेखि २ हजारसम्म सहयोग गर्नेको नाम रजिस्टरमा उल्लेख गरिनेछ।

    Advertisement

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation