• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • प्युठान। चार वर्षअघि प्युठान नगरपालिका -४, बिजुवारका नविन कुमार श्रेष्ठले झिमरुक फाँटमा ड्रागन फ्रुट खेती सुरु गर्दा धेरैले हाँसे।
    “इञ्जिनियरले खेती गर्छ?”, “बाउबाजेको सम्पत्ति सक्ने भयो!”, “फल्छ र, खान्छ अनि ड्रागन?” जस्ता टीका–टिप्पणी सामान्य थिए। तर, समयले सबैलाई उत्तर दिएको छ।
    आईटी इञ्जिनियर श्रेष्ठ अहिले प्यूठानकै सफल ड्रागन व्यवसायी बनेका छन्।
    उनी सञ्चालक रहेको ‘ईशान अर्गानिक एग्रो’ फार्म २२ रोपनी जमिनमा फैलिएको छ—१६ रोपनी आफ्नै, ६ रोपनी लिजमा लिएको। कोरोनाको समयमा साथी लोकबहादुर गुरुङसँग मिलेर उनले ८० लाख रुपैयाँ लगानीमा ड्रागन खेती थालनी गरेका थिए।
    गत वर्ष मात्र ४२ लाख रुपैयाँको ड्रागन बिक्री भएको थियो। यस वर्ष ५० लाख आम्दानीको लक्ष्य छ।
    श्रेष्ठका अनुसार प्रति किलो ४५० रुपैयाँ पर्ने अर्गानिक ड्रागन फ्रुट काठमाडौं, बुटवल हुँदै दिल्लीसम्म पठाइन्छ।
    “बोटमै पाकेको हुन्छ, रसायन केही हाल्दैनौं। माग राम्रै छ,” उनी भन्छन्। खेती थाल्नुअघि उनीहरूले बाहिरी जिल्लाहरू घुमे, युट्युब हेर्‍एर ज्ञान लिए।
    सुरुका दिनमा चितवन र दाङबाट ल्याएको बिरुवामा रोग लाग्दा केही समस्या आयो। तर अहिले फार्ममै उत्पादन गरिएका ६ हजार बोट फल दिन थालेका छन्।
    ड्रागनसँगै अम्बा, कुरिलो, मौसमी र बेमौसमी तरकारी पनि लगाइएको छ। गड्यौला मल फार्ममै उत्पादन गरेर जैविक खेतीको अभ्यास चलाइएको छ।
    फार्मका व्यवस्थापक गुरुङका अनुसार हाल ४ जना स्थायी कर्मचारी छन्। गोडमेल र मलजलको सिजनमा १० जनासम्मले काम पाउँछन्।२०७२ सालदेखि निर्माण व्यवसायमा क्रियाशील श्रेष्ठ हाल प्युठान निर्माण व्यवसायी संघका अध्यक्ष समेत हुन्। ‘इशान कन्स्ट्रक्सन’ मार्फत निर्माण र ‘इशान एग्रो’ मार्फत कृषि — दुवै क्षेत्रमा उत्तिकै सफलता हात पारेका छन्।
    केवल नविन श्रेष्ठ मात्र होइनन्, राजनीतिमा पुरानो नाम केशरबहादुर गुरुङ पनि अहिले खेतीमै रमाइरहेका छन्।
    ७७ वर्षीय गुरुङ क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य हुन्।
    तर पार्टीको कामबाहेक उनी दाङ र दर्भानमा रहेको दुई बिगाहा जमिनमा ड्रागन, अम्बा र वयर खेतीमै व्यस्त छन्।
    “अब भाषण होइन, नेताले काम देखाउनु पर्छ। त्यसैले म कृषि कर्ममा लागें,” गुरुङ भन्छन्।
    प्युठानमा ड्रागन खेती सुरु गर्ने पहिलो व्यक्ति पनि उनी नै हुन्।
    व्यवसायीहरूका अनुसार, एक पटक रोपिएको ड्रागन फ्रुटको बोटले २५ वर्षसम्म फल दिन्छ।

    Advertisement

    आइतबार, असार २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...