भोजपुर / ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –९ वलौटे भञ्ज्याङमा ट्याक्टरबाट खसेर खोटाङको खोटेहाङ गाँउपालिका– २ बस्ने ३२ वर्षीय निङल्हामु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
Advertisement
विहिवार पाँचधारेबाट किराना सामान लिएर खोटाङको खोटेहाङ गाउँपालिका तर्फ जादै गरेको को २ त ४६१८ नम्वरको ट्याकटरको ट्रलिबाट लडेर शेर्पाको मृत्यु भएको प्रहरीको भनाई छ ।
ट्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली गएको सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।