• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

  • ३. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ४. राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

  • ५. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ६. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ७. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ८. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ९. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • १०. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

गुल्मीमा आमाको दूध प्रतिस्थापन ऐनबारे स्वास्थ्यकर्मीलाई अभिमुखिकरण


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • गुल्मी । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण सम्बन्धी कानुनी व्यवस्था र यसको प्रभावकारी कार्यान्वयनका लागि गुल्मीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न औषधी व्यासयीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
        कार्यक्रममा उनीहरूलाई आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण (नियमन) ऐन, को विषयमा विस्तृत जानकारी दिइएको हो । स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले ऐनको प्रमुख उद्देश्य, कानुनी व्यवस्था र कार्यान्वयन प्रक्रियाबारे स्पष्ट पृष्ठभूमि प्रस्तुत गरे ।
       उनले नवजात शिशुको उचित पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध अमूल्य स्रोत भएको बताउँदै त्यसको विकल्पका रूपमा प्रयोग हुने वस्तुहरूको अनियन्त्रित प्रयोग शिशु स्वास्थ्यका लागि हानिकारक हुने उल्लेख गरे । आचार्यले ऐनले आमाको दूधको सट्टामा प्रयोग गरिने दूधजन्य पदार्थहरू, शिशु खानेकुरा, बोतल, चुसाउने सामग्री लगायतका वस्तुको विज्ञापन, प्रचारप्रसार, नमुना वितरण, अनावश्यक सिफारिस वा अनुगमनविना बिक्रीवितरणलाई प्रतिबन्ध लगाएको जानकारी दिए ।
       कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले ऐनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय, नियमित निरीक्षण र आम नागरिकमा सचेतना अभिवृद्धिको आवश्यकता औँल्याएका थिए । कार्यक्रममा औषधी व्यवसायी संघ गुल्मीका अध्यक्ष फर्सु पाण्डेले आमाको दूधको महत्वलाई व्यापक बनाउने र ऐनको पालना सुनिश्चित गर्ने उद्देश्यले यस्ता अभिमुखिकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
        कार्यक्रमले स्वास्थ्यकर्मीहरूलाई ऐनसम्बन्धी जानकारी दिनुका साथै नवजात तथा शिशु स्वास्थ्य सुधारमा आवश्यक कदम चाल्न उत्प्रेरणा दिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । 

    Advertisement

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    • ३.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ४.
      राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन

    • ५.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ६.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation