• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न


  •   मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
  • गुल्मी । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लास्थित स्थानीय तहहरू, सरकारी निकायहरू तथा सरोकारवाला संस्थाहरूबीच एकदिने अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ । कार्यक्रम गुल्मीको सदरमुकाम तम्घासमा आयोजित बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्ला विभिन्न कार्यालय, सुरक्षा निकाय, वन तथा वातावरणसँग सम्बन्धित संस्थाहरू, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
       वन क्षेत्रको संरक्षण, दीगो विकास, र स्थानीय तहसँगको सहकार्यलाई सुदृढ गर्दै नीतिगत र कार्यान्वयन तहमा समन्वय स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्याक्रम गुल्मीका वन अधिकृत मदन सापकोटाले बताए ।    कार्यक्रममा वन क्षेत्र संरक्षणमा उत्पन्न हुने चुनौती, समाधानका उपाय, र नीति निर्माणमा स्थानीय तहको भूमिका विषयमा विस्तृत छलफल भएको थियो ।
       कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत दयाराम पौडेलले वन स्रोतको दिगो उपयोग, अवैध वन कटान नियन्त्रण, वातावरणीय संरक्षण, र स्थानीय विकास योजनामा वन कार्यालयको भूमिकाबारे प्रकाश पारेका थिए । उनले वन संरक्षण र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायहरूसँगको सहकार्य अपरिहार्य रहेको बताए ।
       यसले नीतिगत र कार्यान्वयन तहमा पारस्परिक समझदारी अभिवृद्धि गर्ने उनको भनाइ छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्थानीय सरकारको भूमिकालाई समेटेर वन क्षेत्रको संरक्षण, जैविक विविधताको प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम गर्ने कार्यमा सहकार्य आवश्यक रहेको बताए ।
        अवैध वन कटान, वन्यजन्तु चोरी सिकारी नियन्त्रण, वन डढेलो न्यूनीकरणजस्ता विषयमा सहकार्यबिना समाधान सम्भव नभएको गौतमको भनाइ छ । बैठकका सहभागिहरूले सहकार्य र समन्वयको आवश्यकता माथि जोड दिएका थिए ।
       वन क्षेत्रमा गरिने विकास गतिविधिमा वन कार्यालयको भूमिका महत्त्वपूर्ण रहेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए। उनले स्थानीय तहसँगको समन्वय अझ मजबुत बनाउन र साझा योजनाहरू कार्यान्वयन गर्न आग्रह गरे ।
        कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले विकास र संरक्षणलाई सन्तुलित रूपमा अगाडि बढाउन योजना निर्माणमै सबै पक्षको समावेशिता जरुरी रहेको बताएका थिए । उनले वन क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि सबै तह र निकायहरूबीच सहकार्य र नियमित समन्वय बैठकको आवश्यकता रहेको बताए ।
        कार्यक्रममा वन क्षेत्र संरक्षणमा उत्पन्न हुने चुनौती, समाधानका उपाय र नीति निर्माणमा स्थानीय तहको भूमिका विषयमा विस्तृत छलफल भएको थियो ।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation