• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

लोकप्रिय समाचार

  • १. जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

  • २. ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

  • ३. ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

  • ४. देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

  • ५. राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

  • ६. संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

  • ७. डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न


  •   मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
  • गुल्मी । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लास्थित स्थानीय तहहरू, सरकारी निकायहरू तथा सरोकारवाला संस्थाहरूबीच एकदिने अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ । कार्यक्रम गुल्मीको सदरमुकाम तम्घासमा आयोजित बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्ला विभिन्न कार्यालय, सुरक्षा निकाय, वन तथा वातावरणसँग सम्बन्धित संस्थाहरू, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
       वन क्षेत्रको संरक्षण, दीगो विकास, र स्थानीय तहसँगको सहकार्यलाई सुदृढ गर्दै नीतिगत र कार्यान्वयन तहमा समन्वय स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्याक्रम गुल्मीका वन अधिकृत मदन सापकोटाले बताए ।    कार्यक्रममा वन क्षेत्र संरक्षणमा उत्पन्न हुने चुनौती, समाधानका उपाय, र नीति निर्माणमा स्थानीय तहको भूमिका विषयमा विस्तृत छलफल भएको थियो ।
       कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत दयाराम पौडेलले वन स्रोतको दिगो उपयोग, अवैध वन कटान नियन्त्रण, वातावरणीय संरक्षण, र स्थानीय विकास योजनामा वन कार्यालयको भूमिकाबारे प्रकाश पारेका थिए । उनले वन संरक्षण र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह र सरोकारवाला निकायहरूसँगको सहकार्य अपरिहार्य रहेको बताए ।
       यसले नीतिगत र कार्यान्वयन तहमा पारस्परिक समझदारी अभिवृद्धि गर्ने उनको भनाइ छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्थानीय सरकारको भूमिकालाई समेटेर वन क्षेत्रको संरक्षण, जैविक विविधताको प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम गर्ने कार्यमा सहकार्य आवश्यक रहेको बताए ।
        अवैध वन कटान, वन्यजन्तु चोरी सिकारी नियन्त्रण, वन डढेलो न्यूनीकरणजस्ता विषयमा सहकार्यबिना समाधान सम्भव नभएको गौतमको भनाइ छ । बैठकका सहभागिहरूले सहकार्य र समन्वयको आवश्यकता माथि जोड दिएका थिए ।
       वन क्षेत्रमा गरिने विकास गतिविधिमा वन कार्यालयको भूमिका महत्त्वपूर्ण रहेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए। उनले स्थानीय तहसँगको समन्वय अझ मजबुत बनाउन र साझा योजनाहरू कार्यान्वयन गर्न आग्रह गरे ।
        कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले विकास र संरक्षणलाई सन्तुलित रूपमा अगाडि बढाउन योजना निर्माणमै सबै पक्षको समावेशिता जरुरी रहेको बताएका थिए । उनले वन क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि सबै तह र निकायहरूबीच सहकार्य र नियमित समन्वय बैठकको आवश्यकता रहेको बताए ।
        कार्यक्रममा वन क्षेत्र संरक्षणमा उत्पन्न हुने चुनौती, समाधानका उपाय र नीति निर्माणमा स्थानीय तहको भूमिका विषयमा विस्तृत छलफल भएको थियो ।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन

    लोकप्रिय

    • १.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न :

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ५.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न

    • ६.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो:

    भर्खरै

    • १.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    • २.
      डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ५.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ६.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ७.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ८.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation