• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

थप तीन स्थानीय तहबाट मालपोत सेवा, चार पालिकामा पुग्यो जग्गा प्रशासन

गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

लोकप्रिय समाचार

  • १. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • २. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

  • ३. खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

  • ४. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ५. यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

  • ६. रुकुमपूर्वमा भूमे नाचको रौनक

  • ७. राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

  • ८. जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

  • ९. ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

  • १०. लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन

अटो रिक्सा चलाएर स्वरोजगारी


  •   सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • प्युठान। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू अहिले गाउँमै अटो रिक्साको व्यवसायमा लाग्न थालेका छन्। पछिल्ला वर्षहरूमा आन्तरिक सडक विस्तारसँगै तीन पाङ्ग्रे अटो ग्रामीण क्षेत्रमा उपयुक्त र स्थायी आम्दानीको माध्यम बन्न थालेका छन्।
    प्यूठानको सरुमारानी–३ भकुण्डेका मेकबहादुर सोमै खाडी मुलुकमा चार वर्ष काम गरेर फर्किएपछि कुखुरा पालन र होटल व्यवसाय सुरु गर्नुभयो तर सफल हुन सक्नुभएन। पछि गाउँमा सडक विस्तार हुँदै गएको देखेर उहाँले ७ लाख रुपैयाँ लगानीमा अटो खरिद गर्नुभयो। अहिले उहाँको परिवारको खर्च, दुई छोराको काठमाडौंको पढाइ र दुईतले पक्की घरको निर्माणसमेत अटोकै आम्दानीबाट चलिरहेको छ। “सिजनमा ५० हजारसम्म कमाइ हुन्छ, ३०–३५ हजार बचत हुन्छ,” सोमैले बताउनुभयो।
    सरुमारानी–३ डाँडाबारीका ३१ वर्षीय टंकेश्वर विश्वकर्माले पनि झण्डै पाँच वर्ष साउदी अरेबियामा पसिना बगाउनुभयो । साढे ३ वर्षअघि ७ लाख रुपियाँ किस्ताबन्दीमा अटो किनेपछि उहालाई वैदेशिक कमाइ सम्झनु परेको छैन । अहिले आफ्नै गाउँमा अटो चलाउँदै परिवार पाल्नुभएको छ । उहाँले भन्नुभयो, “अहिलेको मुख्य पेसा यही हो ।” उहाँका अनुसार अटो सस्तो, सहज र सुलभ सार्वजनिक यातायातको रुपमा स्थापित भएको छ ।
    सरुमारानीमा सञ्चालित ४० अटोमध्ये २५ वटा वैदेशिक रोजगारीबाट फर्किएकाहरूले चलाएका छन्। दुई–तीन लाख रुपैयाँ नगद दिएर बाँकी किस्ताबन्दीमा किन्न सकिने भएकाले युवाहरू अटोमा आकर्षित भएका छन्।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार हाल जिल्लामा १३० अटो रिक्सा सञ्चालनमा छन्। दुर्गम ठाउँसम्म सजिलै पुग्ने, थोरै यात्रुमा पनि चल्न सक्ने र दुर्घटना बीमाको व्यवस्था भएकाले गाउँघरमा अटो लोकप्रिय बन्दै गएको छ।

    Advertisement

    सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)
    गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन
    जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो
    रुकुमपूर्वमा भूमे नाचको रौनक
    प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    लोकप्रिय

    • १.
      डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९

    • २.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

    • ३.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट

    • ४.
      सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना

    • ५.
      यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

    • ६.
      रुकुमपूर्वमा भूमे नाचको रौनक

    भर्खरै

    • १.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • २.
      स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

    • ३.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

    • ४.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

    • ५.
      स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    • ६.
      थप तीन स्थानीय तहबाट मालपोत सेवा, चार पालिकामा पुग्यो जग्गा प्रशासन

    • ७.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • ८.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation