दाङ(भालुवाङ)। प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीद्वारा मसुरियामा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ। उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य दुर्गालाल केसीले जनतालाई सही सूचना दिन हरेक स्थानीय तहमा पत्रकार उत्पादन आवश्यक रहेको बताए।
केसीले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको रुपमा रहेको राप्ती गाउँपालिकामा पत्रकारिता सशक्त भए राजधानीको गतिविधि प्रभावकारी रूपमा मिडियामा समेटिने धारणा व्यक्त गरे।
तालिममा १३ जना प्रशिक्षार्थी सहभागी छन्। प्रशिक्षकहरूमा केसी, चौतारी सचिवालय सदस्य टिका बस्नेत, ओमप्रकाश गुप्ता, सन्तोष गुप्ता, बासुदेव न्यौपाने र शान्ता खनाल रहेका छन्। कार्यक्रमको अध्यक्षता चाैतारी राप्ती अध्यक्ष हुमा सुनार र सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले गरेका थिए। नेकपा एमालेका धर्मराज अधिकारी र अन्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
हरेक स्थानीय तहमा पत्रकार उत्पादन आवश्यक : केन्द्रीय सदस्य केसी
हरेक स्थानीय तहमा पत्रकार उत्पादन आवश्यक : केन्द्रीय सदस्य केसी

Advertisement
तपाईको प्रतिक्रिया