झिमरुक (प्युठान) — पूर्वशिक्षक तथा हाल सिङ्गापुरमा पण्डित पेशामा संलग्न श्रीराम पोख्रेलले श्री बलभद्र माध्यमिक विद्यालय, झिमरुक-२, शिलिङ्गेमा ‘नमा लक्ष्मी अक्षयकोष’ स्थापना गर्नुभएको छ। उहाँले आफ्ना स्वर्गीय पिता लक्ष्मी प्रसाद पोख्रेल र आमा नमादेवी पोख्रेलको स्मृतिमा एक लाख एक हजार एक सय आठ रुपैयाँको अक्षयकोष घोषणा गरेको विद्यालयका सूचना अधिकारी दीपक एम.सी.ले जानकारी दिनुभयो।
उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरीब, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गरिनेछ।
पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारेर यो अक्षयकोष स्थापना गर्ने निर्णय गर्नुभएको हो।
समाजसेवामा सक्रिय पोख्रेल हाल सिङ्गापुर आर्मी क्याम्पमा पण्डितका रूपमा कार्यरत हुनुहुन्छ। विद्यालय परिवारले उहाँको योगदानलाई उच्च सम्मान गर्दै आभार व्यक्त गरेको छ।
Advertisement