• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ३. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. दाङमै क्यान्सर उपचार सुरु

  • ८. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ९. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

  • १०. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान


  •   सोमबार, असोज १५, २०७५ मा प्रकाशित
  • काठमाडौं, असोज १५ । सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार मलेसिया प्रस्थान गरेको छ ।

    Advertisement

    यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्ड सहभागी हुनेछन् ।

    ‘राउन्ड रोबिन’का आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

    यसअघि, एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

    दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।

    अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

    प्रस्थान गर्ने खेलाडीमा कप्तान पारस खड्का, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन रहेको नेपाली टोलीका टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

    नेपाली टोलीका मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन छन् ।

    छनोट प्रतियोगिताअन्तर्गत् नेपालले असोज १७ गते म्यानमार, २० गते मलेसिया, २१ गते थाइल्यान्ड, २३ गते भुटान, २४ गते चीन र २६ सिंगापुरसँग खेल्नेछ ।

    खेलाडीको बिदाइ

    असोज २० देखि कात्तिक १ गतेसम्म अर्जेन्टिनामा आयोजना हुने ‘तेस्रो युथ ओलम्पिक गेम २०१८’मा सहभागी हुन ६ सदस्यीय नेपाली खेलाडीको टोलीलाई सोमबार बिदाइ गरिएको छ ।

    सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले खेलाडीको बिदाइ गरे ।

    प्रतियोगितामा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्नेछन् ।

    यस्तै, एथलेटिक्समा लुजला अमात्यले २०० मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजीमुनिको तौलमा प्रतिस्पर्धा गर्ने ओलम्पिक कमिटीले जनाएको छ ।

    नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्नेछन् । उनले ‘सेफ दी मिसन’को भूमिकासमेत निर्वाह गर्ने जनाइएको छ ।

    यस्तै, एलेटिक्सका प्रशिक्षकमा विमला जोशी र जुडोका प्रशिक्षकमा विजयकुमार गुरुङ छन् ।

    नेपाली टोलीलाई बिदाइ गर्दै अध्यक्ष श्रेष्ठले खेलाडीले उक्त प्रतियोगितालाई आगामी दिनमा आयोजना हुने ठूला प्रतियोगिताका लागि आफूलाई निखार्ने अवसरकारुपमा लिनुपर्ने बताए । रासस

    सोमबार, असोज १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु
    गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश
    गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु
    एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?
    देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो
    ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ३.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      दाङमै क्यान्सर उपचार सुरु

    • २.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ३.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ४.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ५.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ६.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ७.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ८.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation