प्युठान। प्युठानको गौमुखी क्षेत्रमा हैजाका ३ जना शंकास्पद बिरामी भेटिएका छन ।
गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्लको आरडिटी परीक्षण पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए। जिल्ला अस्पताल प्युठानमा गरिएको प्रारम्भिक परीक्षणमा हैजा पोजेटिभ देखिएको हो। स्वास्थ्य शाखा प्रमुख जैसीका अनुसार गौमुखीमा एउटै गाउँका ८ जना ब्याक्तीमा झाडापखाला देखिएको र उनिहरुलाई परीक्षण गर्दा ३ जना शंकास्पद हैजा देखिएको हो। शंकास्पद हैजा देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको पुजा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्युठानमा हैजाका शङ्कास्पद बिरामी भेटिएपछि प्रदेश प्रयोगशालाबाट विज्ञको टोली बोलाइको छ। उनिहरुले हैजाको संक्रमण भए नभएको पुष्टि गर्ने बताईएको छ।
स्वास्थ्य शाखा प्रमुख जैसीले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकाले पानी उमालेर खान अनुरोध गरेका छन ।
प्युठानमा हैजाका ३ जना शङ्कास्पद बिरामी फेला
प्युठानमा हैजाका ३ जना शङ्कास्पद बिरामी फेला

Advertisement
तपाईको प्रतिक्रिया