• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

  • ३. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ४. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ५. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

राष्ट्रिय परिचयपत्रले ज्येष्ठ नागरिकलाई समस्या : एमाले गुल्मी


  •   आइतबार, असार ०३, २०८१ मा प्रकाशित
  • गुल्मी । राष्ट्रिय परिचयपत्र बारे जलत सूचनाले अशक्त तथा ज्येष्ठ नागरिकलाई समस्या निम्त्याएको भन्दै एमाले गुल्मीले ध्यानाकर्षण गराएको छ । आइतबार एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई ज्ञानपत्र बुझाउदै नागरिकलाई सहज रुपमा राष्ट्रिय परिचय पत्र उपलब्ध नभइरहेको अवस्थामा केही प्रयोजनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गराउनुले ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको छ ।
    सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि श्रावण १ गते देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएको भन्दै भिड परिचयपत्र बनाउने संख्या बृद्धि भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य हुन्छ भन्ने हल्लाले गुल्मीमा पनि ज्येष्ठ नागरिकहरु राष्ट्रिय परिचयपत्र बनाउन भन्दै हतारिएर प्रशासन कार्यालयमा पुग्ने गरेका छन् ।
    जसले गर्दा ाष्ट्रिय परिचयपत्र बनाउन भन्दै प्रशासन कार्यालय पुगेका ज्येष्ठ नागरिकहरु चिसो भुइमा बसेर पालो कुर्न बाध्य छन् । यस समस्यामा राज्यले नागारिकलाई सेवा दिनुको सट्टा सजाय दिइरहेकाले यसको उचित समधान निकाल्न भन्दै एमाले गुल्मीको ४ बुढे ध्यानकर्षण पत्र बुझाएको नेकपा एमाले गुल्मीको सचिव धर्म विश्वकर्माले बताए ।
    यस बिषयलाई तत्काल अनिवार्य नगर्न र सबैलाई सहज रुपमा राष्ट्रिय परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेको छ । पछिल्लो समय सरकारी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीबाट भइरहेका गतिविधिहरुले आम गुल्मेली नागरिकले सास्ती खेपिरहेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जानकारी गनाएको छ ।
    त्यस्तै बर्षात्को समय आएको र मौसम पूर्वानुमान महाशाखाले विगतमा भन्दा बढी वर्षा र क्षतिको चेतावनी दिइरहेको सन्दर्भमा गुल्मीमा यसको पूर्वतयारी शुन्य देखिएकोले यसले केही दिनमै भयावह स्थिती ल्याउन सक्छ । यसलाई तत्काल ध्यानमा राखेर अगाडी बढाउनुहुन अनुरोध गरेको छ ।
    जिल्लाभर विकास योजनाको समग्र स्थिती हेर्दा सन्तोषजनक भइरहेपनि विकासका योजनामा हुने ढिलासुस्तीले गुल्मेली नागरिकलाई चरम निराशातर्फ धकेलेको छ । विकास निर्माणका गतिविधिहरुलाई यथाश्रीघ आशा जगाउनेतर्फ लैजान समन्वयकारी भूमिका खेल्नु आग्रह गरिएको अध्यक्ष काउछाले बताए ।
    जिल्लास्थित सरकारी कार्यालयबाट भइरहेको सेवा प्रवाहको सन्दर्भमा ढिलासुस्ती, विकासे योजनको फितलो अनुगमन, एउटै कामका लागि पटकपटक नागरिकलाई सास्ती दिने र राजनीतिक ढंगबाट समेत पूर्वाग्रह राखेर काम गर्ने प्रवृत्ति बढेको छ । यसलाई अनुगमन, नियमन तथा नागरिकमैत्री सेवातर्फ लैजान अनुरोध गरिएको काउछाको भनाइ छ ।
    बेरोजगारी, महङ्गी र ढिलासुस्तीले नागरिकमा राजनीति, सरकारी कार्यालय, सेवा प्रवाह गर्ने अन्य निकाय र समग्र देशप्रति नै वितृष्णा फैलिरहेको सन्दर्भमा नागरिकले पाउने सेवा नागरिक मैत्री सेवा हुन नसक्नुले नागरिकलाई थप निराशातर्फ धकेल्छ । त्यसैले माथि उल्लेखित बिषयवस्तुलाई तत्काल ध्यानमा राखेर समस्याको समाधान गर्न हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी गुल्मी जोडदार माग गरेको ज्ञापन पत्रका उल्लेख छ।
    ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी शर्माले यी बिषयवस्तुमा गम्भीरताका साथ लिएको बताए । उनले राष्ट्रिय परिचयपत्र बिवरण दर्ता गराउने कार्यलाई ज्येष्ठ नागरिकको हकमा स्थानीय तहमै पुगेर संकलन गर्ने बारे छलफल भइरहेकाले धैर्य रहनु सबैलाई आग्रह गरे। उनले सरकारी कार्यालयलाई सेवाप्रवाहमा नागरिक मैत्री सेवा प्रदान गर्न सबै कार्यालाई निर्देशन गर्दै आइरहेकाले कहि कतै त्यस्तो भए अनुगमन र गोप्य रुपमा पनि निरीक्षण गर्ने बताए ।

    Advertisement

    आइतबार, असार ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ३.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ४.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ३.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ४.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • ७.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ८.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation