• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

बुढ्यौली उमेरको साहरा ‘माहुरी’


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • दाङ(देउखुरी) । बुढ्यौली छ उमेर । बाहिर भित्र गर्नपनि धौधौ छ। अलिकती बढी हिंड्यो कि दम बढिहाल्छ । तर युवाबस्था जस्तै काम गर्ने हुटहुटी छ उनमा ।
    सरकारले दिने बृद्धभत्ता २/४ हजार न हो । त्यसले मात्रै सबै आबस्यक्ता पुर्ती गर्न गाह्रो नै हुँदो हो । एकाथरी काम गर्नुको बाध्यता पनि छ उनिमा । साहरा बन्नुपर्ने छोराहरु अलग भएपछि बुढेसकालमा पनि उनलाई बाध्यता आईलाग्यो । भएका २ छोरा पनि बिबाह गरेर अलग भान्सा गर्न थाले । ४ छोरीहरु सबै घरगृहस्थीमा छन ।
    शेरबहादुरका ९७ बर्षिय आमा आफैसँग छन तर उनका छोराहरु उनिसँग छैनन् । परिस्थितीले बृद्ध आमा र श्रिमतीको लागि बुढेसकालमा पनि उनलाई थप जिम्वेवार बन्नुपर्ने अबस्था आईलाग्यो।
    फलत: उनको परिवारको साहरा ‘माहुरी’ बन्न पुग्यो । उमेरले ७६ बर्ष पुगेका लमही-७ बन्गैँका शेरबहादुर बुढा बिहानैदेखी माहुरीको हेरचाहमा ब्यस्त हुन्छन । मह निकाल्ने, घार सफागर्ने, माहुरीको आहरा चिनी राख्दिने गर्दैमा उनको दिनचर्या चल्छ । माहुरीलाई उनले आफ्नै घरको सदस्य सम्झिन्छन ।
    ‘माहुरीले साह्रै मेहनत गरेर रस भर्छ है बुवा? भन्ने प्रश्नमा उनले भने-खासमा मान्छे पापी हुन्छ के, तर माहुरीले मेरो परिवार पालेको छ, त्यसैले त माहुरी मेरो परिवारको एक अंश होनि ।’
    शेरबहादुरको परिवार खाने देखि लगाउने, औषधीउपचार सबै माहुरीमै भर परेको छ।
    गरुङ्गो काम गर्न नसक्ने शेरबहादुरले कम मेहनत लाग्ने माहुरी ब्यबसायीमा लागेको बताउछन । ‘बुढोपनि भईयो, गरुङ्गो काम गर्न सकिँदैन, दम बढिहाल्छ उनले भने-आमा श्रीमती र मेरो लागि खान पर्यो, लाउन पर्यो, उपचार त छँदैछ, सबै माहुरीबाटै जिविको चलेको छ।’
    शेर बहादुर सँग अहिले ५० ओटा आफ्नै माहुरी घार छन । त्यो घार ५ ओटाबाट बढेर ५० मा पुगेको हो । २०७४ सालमा माहुरी पाल्ने शोकमा रहेका शेरबहादुर लाई कृषि बिकाश कार्यालय घोराहीले ५ ओटा घार अनुदानमा दिएको थियो । त्यसबाट बिस्तारै बढाउँदै ५० ओटा घार पुर्याएका छन । शेरबहादुरले बार्षिक सरदरमा दुईपटक मह निकाल्छन । उनले सरदरमै उत्पादन भएको ५ सय किलो मह बार्षिकरुपमा २ लाख ५० हजार बढी रुपैयामा बेच्दै आएको बताए । स्थानिय स्तरमा बेच्ने र बचेको मह घोराही डिलरलाई दिँदै आएकोले कहाँ बेच्नु भन्ने चिन्तापनि छैन उनलाई।
    शुरुमा घार थोरै हुँदा उत्पादनपनि कम हुने र पारिवारिक खर्चमा हम्मेहम्मे पर्ने गरेको शेरबहादुर बताउँछन। ‘शुरुमा त खर्च धान्न गाह्रो भयो, घारपनि थोरै थिए, बिस्तारै घार बढाए शेरबहादुरले भने- अबभने आम्दानी ठिकै छ, बर्सेनि केही रकम बचाउनपनि सकिएको छ।’
    आम्दानीको गतिलो स्रोत माहुरी बनेपछी शेरबहादुरको परिवारलाई अरुको भरपर्न परेको छैन । यसरी नै माहुरी र मह शेरबहादुरको साहरा बन्दै परिवारलाई खुसी छरेको छ।

    Advertisement

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...