• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

लमहीमा खेलकुद : मैदान छ, प्रतियोगिता छैन


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • दाङ । लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुबिधायुक्त बनेको छ ।
    ८० मिटर रेडिएसमा बनेको मैदानमा दुईवटा पिच, खेल हेर्नलाई सुविधा सम्पन्न प्याराफिट बनेका छन । अहिले चार करोडको लगानीमा खेलाडी र अतिथिहरुको लागि भिआईपी प्याराफिट निर्माण कार्यपनि अन्तिम चरणमा छ । कमेन्ट्री बक्स भबन र डिजिटल स्कोरिङ बोर्ड समेत बनाइ सकिएको छ । ईन्डोर, आउटडोर अभ्यास गर्ने भवनहरु पनि छन । जस्ले गर्दा खेल मैदान सुबिधायुक्त र सुन्दर देखिन्छ ।
    लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट निर्माण थालेको यो खेल मैदानमा हालसम्म १० करोड बढी लगानी गरेको छ। कुनैबेला ड्राईभिङ्ग, मेला महोत्सब र गौचरणका लागी प्रयोगमा आउने उक्त मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदानको रुपमा बिकसित भएको छ । जस्ले गर्दा खेलाडी उत्पादन सँगै समग्र जिल्लाको पहिचान समेत बनाउँदै आएको छ ।
    २०७७ पुसमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता र २०७६ साल बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भने सञ्चालन गरिएको थियो । त्यसयता यो मैदानमा राष्ट्रियस्तरका एउटा पनि प्रतियोगिता हुन सकेको छैन । त्यसोत हालसालै प्रधानमन्त्री कप पुरुष प्रतियोगिताका लागी लुम्बिनी प्रदेशका केही जिल्लाहरुको छनौट खेलहरु खेलाईएको थियो । बर्सेनि मेयरकप र क्लब तथा बिद्यालयहरुले आयोजना गर्ने टुर्नामेन्ट बाहेक यस मैदानको उपलब्धी शून्य देखिन्छ । यो मैदान राष्ट्रिय स्तरका खेलको पर्खाईमा रहेको छ ।
    अन्तर्राष्ट्रिय मैदान निर्माणसँगै आर्थिक तथा ब्यबसायिक पक्ष सबल बन्ने बिस्वास यस क्षेत्रले गरेको थियो ।
    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु सञ्चालन हुनसके यसक्षेत्र आर्थिकको पाटोमा बलियो बन्ने यहाँका ब्यबसायीहरुको बुझाई छ। तर त्यसो हुन सकिरहेको छैन ।
    राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न नेपाल क्रिकेट संघ (क्यान) को ध्यान जान जरुरी छ । तर क्यानले प्रतियोगिता सञ्चालनका लागि मैदान सहित सँरचनाहरु आफुलाई हस्तान्त्रण हुनुपर्ने बताउँछ । २०७० सालमा क्यानले नगरबिकाश समितीलाई निबेदन गर्दै मैदान हस्तान्त्रण गर्नुहुन भन्दै अनुरोध गरेको थियो । सो समयमा संरचना निर्माणको क्रम तिब्र भएकाले निबेदनले सार्थकता पाउन सकेन ।
    निर्माण भईसकेर क्यान र समिती बिच २०७९ सालमा के गर्ने भन्ने बिषयमा पनि मौखिक छलफल चलेको थियो । ५ बर्षका लागि मैदान जिम्मा दिनुहुन भन्दै क्यानले आफ्ना बुँदागत सहमती समेत पठाएको थियो । तर ती सहमतीले स्थान नपाउँदा क्यानलाई दिने नदिने भन्ने बिषय अन्यौलमा परेको छ । क्यानले मैदान आफुलाई हस्तान्त्रण गरिनुपर्ने धारणा राख्छ । नत्रभने खेलहरु हुन नसक्ने स्पष्ट बुझिन्छ । किनकि यस मैदानमा राष्ट्रिय पुरुष प्रतियोगिता आयोजना गर्नका लागी क्यानले आफ्नो क्यालेन्डरमा समेत समाबेस गरेको छ । तरपनि खेलभने खेलाउन सकिरहेको छैन ।
    करोडौको लागतमा निर्माण भएको मैदानमा आफ्नोपनि केही स्वामित्व हुनुपर्ने समितीको धारणा छ । क्यानले पठाएको केही सहमतीहरु चित्त नबुझ्दो भएको र त्यसलाई हेरफेर गरिने लमही नगरबिकाश समितीका अध्यक्ष जोगराज चौधरीले बताए ।
    समितीको बोर्डले सोझै निर्णय गर्नुभन्दापनि प्रतिबेदन सहित निर्णय गरिनुपर्ने धारणा सहित समितीले उपसमिती समेत गठन गरेको उनले बताए । ‘२/४ ओटा बुँदा छन, हामी त्यसैमा सहमतीको प्रयास खोजिरहेका छौ चौधरीले भने-नदिने भन्ने बिषय होईन, करोडौ लगानी गरेको मैदानमा खेल होस भन्ने हाम्रोपनि धारणा हो ।’ मैदानमा राष्ट्रिय स्तरका खेल सञ्चालन र समग्र दाङको बिकाशका लागि आफुहरु चिन्तित रहेको भन्दै चौधरीले क्यानसँग सहमती गरेर केही दिनमै खुसीको समाचार सुनाउन आतुर रहेको बताए ।
    समितीका सदस्य सुवास न्यौपानेको सँयोजकत्वमा उपसमिती गठन भईसकेको छ । समितीले प्रतिबेदन बुझाउने छ । सोही अनुरुप दुबैपक्ष आधिकारिक रुपमा छलफल गर्दै क्यानलाई जिम्मा दिने तयारी थालिएको समितीका सँयोजक सुवास न्यौपानेले बताए । ‘सहमती भएपछि क्यानलाई जिम्मा दिनु ठुला कुरा भएन, पहिले सहमती जुट्नुपर्यो सँयोजक न्यौपानेले भने-खासगरी क्यानका साथीहरुनै पछिल्लो समय सम्पर्कमा हुनुहुन्न ।’
    नेपालमा बिरलै पाईने देउखुरी क्रिकेट मैदानमा नियमित खेलहरु भए समग्र दाङको बिकाश हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैँयाले बताए । राष्ट्रिय स्तरका खेलहरु यस मैदानमा खेलाउन बिगतदेखी आफु लागिरिरहेको र लमहीको बिकसित मैदानले सबैको ध्यान तान्नेमा बिश्वस्त रहेको पनि बताए ।
    लमही नगरबिकास समितीका अध्यक्ष जोगराज चौधरीले भने केही बुँदाहरुमा सहमती हुन बाँकी रहेको बताए । उनले यस मैदानमा नियमित खेल खेलाउँदै यसक्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जोडतोडले सबै लाग्नुपर्ने बताए । हाल उक्त मैदान देउखुरी क्रिकेट क्लबको अधिनमा छ । साँच्चिकै सबैको सहकार्यमा रातदिन खेलहरु आयोजना गर्नसके समग्र दाङ सँगै लुम्बिनी प्रदेशको शिर उचो हुने कुरामा दुईमत छैन ।

    Advertisement

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?
    देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation