• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

लमहीमा खेलकुद : मैदान छ, प्रतियोगिता छैन


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • दाङ । लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुबिधायुक्त बनेको छ ।
    ८० मिटर रेडिएसमा बनेको मैदानमा दुईवटा पिच, खेल हेर्नलाई सुविधा सम्पन्न प्याराफिट बनेका छन । अहिले चार करोडको लगानीमा खेलाडी र अतिथिहरुको लागि भिआईपी प्याराफिट निर्माण कार्यपनि अन्तिम चरणमा छ । कमेन्ट्री बक्स भबन र डिजिटल स्कोरिङ बोर्ड समेत बनाइ सकिएको छ । ईन्डोर, आउटडोर अभ्यास गर्ने भवनहरु पनि छन । जस्ले गर्दा खेल मैदान सुबिधायुक्त र सुन्दर देखिन्छ ।
    लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट निर्माण थालेको यो खेल मैदानमा हालसम्म १० करोड बढी लगानी गरेको छ। कुनैबेला ड्राईभिङ्ग, मेला महोत्सब र गौचरणका लागी प्रयोगमा आउने उक्त मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट मैदानको रुपमा बिकसित भएको छ । जस्ले गर्दा खेलाडी उत्पादन सँगै समग्र जिल्लाको पहिचान समेत बनाउँदै आएको छ ।
    २०७७ पुसमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता र २०७६ साल बैशाखमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भने सञ्चालन गरिएको थियो । त्यसयता यो मैदानमा राष्ट्रियस्तरका एउटा पनि प्रतियोगिता हुन सकेको छैन । त्यसोत हालसालै प्रधानमन्त्री कप पुरुष प्रतियोगिताका लागी लुम्बिनी प्रदेशका केही जिल्लाहरुको छनौट खेलहरु खेलाईएको थियो । बर्सेनि मेयरकप र क्लब तथा बिद्यालयहरुले आयोजना गर्ने टुर्नामेन्ट बाहेक यस मैदानको उपलब्धी शून्य देखिन्छ । यो मैदान राष्ट्रिय स्तरका खेलको पर्खाईमा रहेको छ ।
    अन्तर्राष्ट्रिय मैदान निर्माणसँगै आर्थिक तथा ब्यबसायिक पक्ष सबल बन्ने बिस्वास यस क्षेत्रले गरेको थियो ।
    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु सञ्चालन हुनसके यसक्षेत्र आर्थिकको पाटोमा बलियो बन्ने यहाँका ब्यबसायीहरुको बुझाई छ। तर त्यसो हुन सकिरहेको छैन ।
    राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न नेपाल क्रिकेट संघ (क्यान) को ध्यान जान जरुरी छ । तर क्यानले प्रतियोगिता सञ्चालनका लागि मैदान सहित सँरचनाहरु आफुलाई हस्तान्त्रण हुनुपर्ने बताउँछ । २०७० सालमा क्यानले नगरबिकाश समितीलाई निबेदन गर्दै मैदान हस्तान्त्रण गर्नुहुन भन्दै अनुरोध गरेको थियो । सो समयमा संरचना निर्माणको क्रम तिब्र भएकाले निबेदनले सार्थकता पाउन सकेन ।
    निर्माण भईसकेर क्यान र समिती बिच २०७९ सालमा के गर्ने भन्ने बिषयमा पनि मौखिक छलफल चलेको थियो । ५ बर्षका लागि मैदान जिम्मा दिनुहुन भन्दै क्यानले आफ्ना बुँदागत सहमती समेत पठाएको थियो । तर ती सहमतीले स्थान नपाउँदा क्यानलाई दिने नदिने भन्ने बिषय अन्यौलमा परेको छ । क्यानले मैदान आफुलाई हस्तान्त्रण गरिनुपर्ने धारणा राख्छ । नत्रभने खेलहरु हुन नसक्ने स्पष्ट बुझिन्छ । किनकि यस मैदानमा राष्ट्रिय पुरुष प्रतियोगिता आयोजना गर्नका लागी क्यानले आफ्नो क्यालेन्डरमा समेत समाबेस गरेको छ । तरपनि खेलभने खेलाउन सकिरहेको छैन ।
    करोडौको लागतमा निर्माण भएको मैदानमा आफ्नोपनि केही स्वामित्व हुनुपर्ने समितीको धारणा छ । क्यानले पठाएको केही सहमतीहरु चित्त नबुझ्दो भएको र त्यसलाई हेरफेर गरिने लमही नगरबिकाश समितीका अध्यक्ष जोगराज चौधरीले बताए ।
    समितीको बोर्डले सोझै निर्णय गर्नुभन्दापनि प्रतिबेदन सहित निर्णय गरिनुपर्ने धारणा सहित समितीले उपसमिती समेत गठन गरेको उनले बताए । ‘२/४ ओटा बुँदा छन, हामी त्यसैमा सहमतीको प्रयास खोजिरहेका छौ चौधरीले भने-नदिने भन्ने बिषय होईन, करोडौ लगानी गरेको मैदानमा खेल होस भन्ने हाम्रोपनि धारणा हो ।’ मैदानमा राष्ट्रिय स्तरका खेल सञ्चालन र समग्र दाङको बिकाशका लागि आफुहरु चिन्तित रहेको भन्दै चौधरीले क्यानसँग सहमती गरेर केही दिनमै खुसीको समाचार सुनाउन आतुर रहेको बताए ।
    समितीका सदस्य सुवास न्यौपानेको सँयोजकत्वमा उपसमिती गठन भईसकेको छ । समितीले प्रतिबेदन बुझाउने छ । सोही अनुरुप दुबैपक्ष आधिकारिक रुपमा छलफल गर्दै क्यानलाई जिम्मा दिने तयारी थालिएको समितीका सँयोजक सुवास न्यौपानेले बताए । ‘सहमती भएपछि क्यानलाई जिम्मा दिनु ठुला कुरा भएन, पहिले सहमती जुट्नुपर्यो सँयोजक न्यौपानेले भने-खासगरी क्यानका साथीहरुनै पछिल्लो समय सम्पर्कमा हुनुहुन्न ।’
    नेपालमा बिरलै पाईने देउखुरी क्रिकेट मैदानमा नियमित खेलहरु भए समग्र दाङको बिकाश हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैँयाले बताए । राष्ट्रिय स्तरका खेलहरु यस मैदानमा खेलाउन बिगतदेखी आफु लागिरिरहेको र लमहीको बिकसित मैदानले सबैको ध्यान तान्नेमा बिश्वस्त रहेको पनि बताए ।
    लमही नगरबिकास समितीका अध्यक्ष जोगराज चौधरीले भने केही बुँदाहरुमा सहमती हुन बाँकी रहेको बताए । उनले यस मैदानमा नियमित खेल खेलाउँदै यसक्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जोडतोडले सबै लाग्नुपर्ने बताए । हाल उक्त मैदान देउखुरी क्रिकेट क्लबको अधिनमा छ । साँच्चिकै सबैको सहकार्यमा रातदिन खेलहरु आयोजना गर्नसके समग्र दाङ सँगै लुम्बिनी प्रदेशको शिर उचो हुने कुरामा दुईमत छैन ।

    Advertisement

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation