बागलुङ। गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवरले जनप्रतिनिधीले आफनो पार्टी, जातीको स्वार्थमा केन्द्रित नभई जनताको जनजीविका, जीवन स्तर रुपान्तरण गर्न प्रतिवद्व हुनु पर्ने बताउनु भएको छ ।
जनसिर्जनशिल युवा क्ल्व गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटको ११ औं वार्षिकोत्सव तथा महाशिवरात्री मेलालाई सम्बोधन गर्दै सांसद कुँवरले जनताको मुद्वा भन्दा बाहिर नगई शुसासनलाई केन्द्रमा राखेर जनताका सपना, योजना र आकांक्षा पुरा गर्नुुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले गलकोटमा ईलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न आवश्यक रहेको र त्यसको लागि आफुले जस्तोसुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्नुभयो त्यसको लागि सरकार सँग निरन्तर लागिरहने बताउनुभयो । सांसद कुँवरले गलकोटलाई विश्वमा चिनाउन पत्रकार, कलाकार र खेलाडीले खेलेको भुमिका अतुलनिय रहेको भन्दै प्रशंसा गर्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका गलकोट नगर सचिव योगेश भण्डारी, नेकपा एमालेका प्रतिनिधि तिलक उप्रेती, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश परिषद सदस्य बिरेन्द्र पहाडी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको नयाँ संरचना अनुसारको पुरुष भलिबल प्रतियोगितामा लक्ष्यमण किराना पसल प्रथम र नुवाकोट समाज जापान द्वितिय भएको छ । प्रतियोगितामा प्रथम हुने समुहले रु ५० हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय हुने समुहले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र र शान्त्वना हुने दुई समुहले १५÷१५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नयाँ संरचना अनुसारको वडा स्तरिय भु.पु भलिबल प्रतियोगितामा गलकोट नगरपालिका ३ हटिया बजार प्रथम र गलकोट नगरपालिका ७ मल्म द्वितिय भएको छ । प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार र प्रमाणपत्र र द्धितीय हुने समुहले रु १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै सामुहिक लोकनृत्य प्रतियोगितामा न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुल गलकोट नगरपालिका ६ प्रथम र द रिदेमिक डान्स गलकोट द्वितिय भएको छ । प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमश १६ हजार, १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
मेलामा कलाकार अर्जुन अनुराग पौडेल र निशान गुरुङको सांगितिक प्रस्तुति रहेको थियो । सो अवसरमा प्रायोजक, आर्थिक सहयोगदाता सहित विभिन्न विधामा सम्मान गरिएको थियो ।