• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • २. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ३. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ४. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ५. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ६. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ७. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • १०. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस देशैभर मनाइयो


  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत ः जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाइएको छ ।
    यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको थियो । रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गर्नुभएको थियो ।
    नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहनुभएको थियो ।
    कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष प्राध्यापक नेपालले रेडक्रसमा आवद्ध जुनियर युवाहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरूमा सहभागी गराउँदै उनीहरूको सीप र दक्षता अभिबृद्धि गरी अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो । जलबायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न हाल रेडक्रसका युवाहरूबाट सञ्चालन भइरहेको परिवर्तक (द चेन्जमेकर) अभियानबाट महत्वपूर्ण योगदान पुग्ने बताउँदै अभियानको पूर्ण सफलताको कामना गर्नुभयो ।
    नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले नीतिगत र कार्यक्रमगत तहमा युवाहरूको भूमिकालाई विधानमा कसरी व्यवस्थित गरेर लैजान सकिन्छ भनेर छलफल र सुझाव संकलन गरिरहेको जानकारी गराउनुभयो ।
    कार्यक्रमका सभापति एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालले जुनियर युवा रेडक्रसको इतिहासमाथि प्रकाश पार्दै सबै जिल्लाका शिक्षण संस्था र समुदायमा जुनियर तथा युवाहरूको संलग्नतामा मानवीय सेवा प्रदान गर्ने सञ्जालको रूपमा नेपाल जुनियर र युवा रेडक्रस सर्कलहरूको स्थापना, विकास र विस्तार हुँदै आएको बताउनुभयो ।

    Advertisement

    जुनियर तथा युवा रेडक्रसलाई नीतिगतरूपमा सबलीकृत गर्दै लैजाने सन्दर्भमा पहिलो पटक २०५६ सालदेखि राष्ट्रियस्तरमा जुनियर तथा युवा रेडक्रस नीति तथा कार्यप्रणाली तर्जुमा गरी कार्यान्वयनमा रहेको उहाँले जानकारी गराउनुभयो ।

    संयोजक नेपालले समयसापेक्ष रेडक्रसको विधान संशोधन हुने प्रक्रियामा रहेको सन्दर्भमा रेडक्रसको संरचना अस्तित्वमा रहने सवै निकायहरूमा (पालिकादेखि राष्ट्रियस्तरमा) युवा सञ्जालको निर्माण गरी विधिवत रूपमा केन्द्रीयस्तरमा समेत युवा परिषद् गठन गर्ने र सो परिषद्को संयोजक नेरेसो केन्द्रीय कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था हुनेगरी व्यवस्था गर्न पैरवी भैरहेको हँुदा नीति निर्माण तहमा युवाको सहभागिता सुनिश्चितता गर्ने पहल भइरहेको बताउनुभयो ।

    सो कार्यक्रमा बोल्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल कार्यक्रम संयोजक हार्भे गजेउले चेञ्जमेकर अभियान प्रभावकारी रूपमा सञ्चालन गरेकोमा रेडक्रसका युवाहरूलाई धन्यवाद दिँदै युवाहरूको पहल र इच्छा शक्तिको सरहाना गर्नुभयो । द चेञ्जमेकर (परिवर्तक) अभियान महासंघको सहयोगमा सञ्चालन भइरहेको छ ।
    सो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी जुनियर युवा विभागका निर्देशक धर्मदत्त विडारीले जलबायु परिवर्तनका क्षेत्रमा रेडक्रसका युवाहरूद्वारा सञ्चालित परिवर्तक (चेञ्जमेकर) अभियानका बारेमा जानकारी गराउने, अभियानलाई देशव्यापी बनाउने र अन्य मानवीय सेवाका क्षेत्रमा युवाहरूको सहभागितालाई अझ बढाउने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।
    सो कार्यक्रममा चेञ्जमेकर अभियान कोर टिमका सदस्य युवा सुजन खतिवडाले गत डेढवर्षदेखि अभियानद्वारा सञ्चालित गतिविधिहरूका बारेमा प्रस्तुतीकरण गर्दै जलवायु परिवर्तनको मुद्दामा युवाहरूका सिर्जनात्मक बिचारहरूलाई अगाडि ल्याउन र अभियानलाई व्यापक बनाउन प्रदेश र जिल्ला स्तरमा थ्(बमबउत तालिमहरू सञ्चालन गरिएको जानकारी गराउनुभयो ।
    कार्यक्रममा अभियानका क्रममा युवाहरूद्वारा तयार पारिएका जलवायु परिवर्तनसम्बन्धी ७ वटा भिडियोहरू प्रदर्शन गरिनुका साथै सुझावहरू संकलन गरिएको थियो । कार्यक्रममा जुनियर युवा रेडक्रसको सुदृढीकरण, स्रोत संकलन र परिवर्तनको अभियानलाई रेडक्रस सञ्जालमा जोड्ने विषयहरूमा युवा प्रतिनिधि, रेडक्रसका केन्द्रीय पदाधिकारी, कर्मचारीहरू र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरूको सहभागितामा समूहगत छलफल गरिनुका साथै निष्कर्षहरू प्रस्तुतीकरण गरिएको थियो ।
    सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा, केन्द्रीय सदस्यहरू नारायण तिमिल्सिना, राजेन्द्रमान ताल्चाभँडेल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, उपकार्यकारी निर्देशक सुदर्शन अधिकारी, निर्देशक एवं विभागीय प्रमुख र कर्मचारीहरू, काठमाडौं उपत्यकाका जिल्ला शाखाका पदाधिकारी र सदस्यहरू, युवा प्रतिनिधिहरू र महासंघको नेपालस्थित कार्यालयका प्रतिनिधि र साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रम चेञ्जमेकर अभियानका युवा सदस्यहरू प्रतिभा दवाडी, केपी शर्मा, बन्दना पोखरेल र बिशाल थारूले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो । सो अवसरमा युथ रेडक्रस सर्कल त्रिचन्द्रकी साबित्री कडेंलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
    ‘म सेवा गर्छु’ भन्ने मूल मन्त्रका साथ २०२१ साल फागुन २२ गतेका दिन जुनियर युवा रेडक्रसको स्थापना भएको हो । हाल देशभरमा ६ हजार ६ सय ३२ जुनियर तथा युवा रेडक्रस सर्कलमा ९ लाख ७० हजार ३ सय १० जुनियर युवा सदस्यहरू आवद्ध भई मानवीय सेवाका गतिविधिहरूमा संलग्न भइरहेका छन् ।

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता
    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल
    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    लोकप्रिय

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • ३.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ४.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ५.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ६.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...