• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

अल्पसङ्ख्यकलाई आरक्षण दिने पहिलो प्रदेश लुम्बिनि


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • काठमाडौं : लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ।
    लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ। ऐनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एक प्रतिशत आरक्षण सुनिश्चित गरिएको छ। ऐनमा गरिएको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अनुसार प्रदेश निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्ट्याई सो प्रतिशतलाई शत प्रतिशत मान्नु पर्ने भनिएको छ।
    यो व्यवस्था अनुसार निजामती सेवामा खस आर्य महिला १५ प्रतिशत, आदिवासी जनजाति महिला ९ र पुरुष ९ प्रतिशत, मधेसी महिला ८ र पुरुष ८ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। दलित (पहाडी र मधेसी) महिला ८ र पुरुष ७ प्रतिशत, थारु महिला ७ र पुरुष ७ प्रतिशत, विपन्न खस आर्य महिला ३.५ र पुरुष ३.५ प्रतिशत निजामती सेवा अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
    मुस्लिम महिला ३.५ र पुरुष ३.५ प्रतिशत, अपाङ्गता भएका व्यक्ति महिला १.५ र पुरुष १.५ प्रतिशत, पिछडिएको वर्ग÷क्षेत्र, सीमान्तकृत महिला २ र पुरुष २ प्रतिशत र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक १ प्रतिशत सुनिश्चित गरिएको छ।
    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको निजामती सेवामा प्रतिनिधित्व सुनिश्चित गर्ने लुम्बिनी पहिलो प्रदेश समेत बनेको छ। तेस्रोलिंगी अधिकारकर्मी एवं साहसी कदम नेपालको पहलमा प्रदेश निजामती सेवामा एक प्रतिशत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित भएको हो।
    निजामती सेवामा प्रतिनिधित्वका लागि वर्षौँको कोसिस बल्ल कार्यान्वयन भएको अध्यक्ष रानाले बताइन। ‘नम्बर थोरै छ,लुम्बिनी प्रदेश सरकारको प्रयास प्रशंसनीय छ,’साहसी कदम नेपालकी अध्यक्ष रानाले धन्यवाद दिँदै भनेकी छन्,‘धन्यवाद, लुम्बिनी प्रदेश सरकार यो सकारात्मक कदमको लागि।’
    प्रदेशले गरेको यो व्यवस्था उदाहरणीय भएको एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रतिक्रिया दिए। ‘लुम्बिनी प्रदेशले अपनाएको समावेशी चरित्र केन्द्र सरकारले पनि सुरु गरोस्,’पन्तले भने,‘अन्य प्रदेश सरकारहरूले पनि पछ्याओस्,यो समावेशी चरित्र स्थानीय तहसम्म लागु होस्।’
    लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले प्रचलित कानुन बमोजिम लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको परिचयपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ’ भनिएको छ।
    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई एकभन्दा बढी समूहमा प्रतिस्पर्धा गर्न बाधा नपुग्ने व्यवस्था ऐनमा गरिएको छ। यो समूहका लागि छुट्ट्याइएको पदमा उम्मेदवार हुन चाहने व्यक्तिले आफूले बुझाउने दरखास्त फारामसँग आफू सम्बन्धित समूहका व्यक्ति भएको प्रमाणित हुने सम्बन्धित निकायबाट जारी भएको तोकिएको कागजात पेस गर्नु पर्नेछ।
    पिछडिएको क्षेत्रको हकमा सम्बन्धित स्थानीय तहले सोही स्थानीय तहको स्थायी बासिन्दा हो भनी प्रमाणित गरेको कागजात पेस गर्नु पर्ने राजपत्रमा प्रकाशित ऐनमा व्यवस्था गरिएको छ।

    Advertisement

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी
    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation