• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • १०. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • पाँचथर । धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो ।

    Advertisement

    कार्यविधिअनुसार ५० मुरीदेखि एक सय मुरीसम्म धान उत्पादन गर्ने कृषकले रू ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले रू ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।
    गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान गरेको छ । एक साताभित्र आवेदन लिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने तुम्रोकले जानकारी दिए । उनका अनुसार आवेदन दिन कृषकले वडा कार्यालयमा उपलब्ध ढाँचाबमोजिमको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र वडा कार्यालयको सिफारिस बुझाउनु पर्नेछ ।

    कार्यविधि कार्यान्वयनमा आएको गाउँपालिकाले जनाएको छ । यसका लागि पालिकाको कृषि विकास शाखा, वडा कार्यालयमा वडाध्यक्ष नेतृत्वको समितिले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्रोकले बताए । “यस वर्षका लागि दाबी आएपछि धान उठाएर घर लगिएको भए घरैमा गएर नाप्ने व्यवस्था कार्यविधिमा गरेका छौँ”, उनले भने, “अर्को वर्षदेखि खलामै धान नापिन्छ ।” कृषकले जसको जमिनमा भए पनि धान फलाए हुने व्यवस्था गाउँपालिकाले गरेको उनको भनाइ थियो ।

    “जग्गा जसको भए पनि एकै परिवारले फलाएको प्रमाणित हुनुपर्यो”, तुम्रोकले भने । गाउँपालिकाले विशेषतः आर्थिकरुपले विपन्न परिवारलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको जनाएको छ । अधियाँ, कुत आदिमा धान फलाउने कृषकले आफू र जग्गा धनीका लागि छुट्याउनुपर्ने धान ५० मुरीभन्दा बढी फलाए पनि पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

    अधिकांश विपन्न परिवारले धान, मकैलगायत परम्परागत खाद्यबाली उत्पादनमा जोड दिइरहेका छन् । फाल्गुनन्दका सातवटै वडामा धानखेती हुने गर्दछ । यहाँ रहेको निबु खोलाले सबै वडाको तटीय क्षेत्रलाई सिञ्चित गर्ने गरेको छ । निबुको बेँसी जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । बर्सेनि धान उत्पादन घट्दै जान थालेपछि फाल्गुनन्दले कृषकलाई प्रोत्साहित गरी खेतीतर्फ आकर्षित गर्ने योजना ल्याएको हो ।

    यसअघि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले समेत ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा
    रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
    ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला
    इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    भर्खरै

    • १.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • २.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ७.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ८.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation