एमाले लुम्बिनी प्रदेश कमिटिमा प्यूठानबाट को को परे ?

प्यूठान। प्यूठानबाट नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीमा ११ जना परेका छन् । पार्टीको बुट्वलमा सम्पन्न प्रथम प्रदेश अधिबेशनले प्यूठानबाट ११ जनाको नाम प्रदेश कमिटिमा चयन गरेको हो । प्रदेशभरबाट २०५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
कमिटिको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भए।उनले प्युठानका हरिप्रसाद रिजाललाई दुई मतको अन्तरले पराजित गरेका हुन।मंगलबार भएको मतदानमा कुल खसेको ९ सय ६५ मतमध्ये कँडेलले ४७९ मत पाए भने उनका प्रतिद्वन्द्वी रिजालले ४७७ मत प्राप्त गरे।

प्यूठानबाट लुम्बिनी प्रदेश कमिटिमा प्रतिनिधित्व गर्नेहरु
१.मधुर शर्मा
२.लक्ष्मि प्रकास राजभण्डारी
३. नेत्र रोकाय
४.झग बहादुर विश्वकर्मा
५.मान बहादुर जिसी
६.श्रीधर रोका
७.भगवति खड्का
८.नारायणी जिसि
९.ज्ञानुमाया केसी
१०.दिपा घर्ति
११. इन्जिनियर प्रकाश जिसि

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...