गुल्मी । गायिका रमिला न्यौपानेको नयाँ तिज गीत कोसेली “के पर्छ के पर्छ” सार्वजनिक भएको छ । यसवर्ष को तिज पर्वको अबसर पारेर गायिका न्यौपानेले के पर्छ के पर्छ बोलको गीत ल्याएकी हुन् ।
मान्छेलाई दुई दिन बाचुनजेल विभिन्न समस्या पर्ने गर्दछ । यसैलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । गायिका न्यौपानेले प्रत्येक वर्षको तिजको अबसरमा मौलिक खालका तिज गीत ल्याउने गरेकी छन् ।
यश वर्षको तिज गीत पनि मौलिकताले सजिएको छ । गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको स्वर रहेको छ ।
गीतमा खुमन अधिकारीको लय र बिक्रम बाबू बिश्वकर्माको शब्द रहेको छ । निकै मेहनतका साथ तयार पारिएको तिज गीता रमिला न्यौपानेको आफनै युट्युव च्यानलबाट आएको हो।
गीतको पूरा भिडियो ।
Advertisement