महेश थापा, नौबहिनी। प्युठानको नौबहिनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
ग्रामीण भेगबाट बिरामीलाई स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालसम्म ल्याउन सहज होस भन्ने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि एम्वुलेन्स ल्याएका हौँ’।
सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको निती रहेको थापाले बताउनुभयो। गाउँपालिकाले चालु आर्थिक वर्षमा झण्डै २४ लाखको लागतमा एम्बुलेन्स खरिद गरेको जनाएको छ। एम्वुलेन्स सेवाबाट पालिकाका ८ वटै वडाका नागरिकलाई लाभ हुने छ। एम्बुलेन्स नहुँदा यहाँका बासिन्दाले भाडाका सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने वा स्ट्रेचर, डोकोमै बोक्नुपर्ने बाध्यता बेहोर्दै आएका थिए ।
Advertisement