प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाले क्रिकेट खेलाडी प्रतिस जिसीलाई सम्मान गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका जिसीलाई एक लाख रुपियाँ नगदसहित सम्मान पत्रका साथै खादा ओढाएर गाउँपालिकाले सम्मान गरेको हो ।
झिम्रुक गाउँपालिका -३ लामासेराका स्थायी बासिन्दा जिसीले विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनोट खेलेका थिए ।
क्रिकेट खेलमार्फत प्यूठान जिल्ला र झिमरुक गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका उपाअध्यक्ष प्रमोद पोखरेलले बताउनुभयो।
जिसिलाई खेल क्षेत्रमा थप हौशला मिलोस भनेर ब्याक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०/५० हजार रुपियाँ प्रदान गर्नुभयो।
कार्यक्रममा क्रीकेटर जिसीले जन्मभुमीमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो । आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन अहोरात्र खटिने उहाको संकल्प छ । प्यूठान जिल्लाबाट राष्ट्रिय टिमका सदस्य बन्ने जिसि पहिलो ब्याक्ती हुन।
क्रिकेटर प्रतिस जिसी प्यूठानमा नगदसहित सम्मानित
क्रिकेटर प्रतिस जिसी प्यूठानमा नगदसहित सम्मानित

Advertisement
तपाईको प्रतिक्रिया