टेकबहादुर पुन, दाङ । लमहीका युवा ब्यबसायीहरुले रिहार र टेङ्नैया गौशालाका गाईहरुको लागि पराल सहयोग गरेका छन ।
लमहीका युवा ब्यबसायी कमल जँग सिँह ठकुरीको नेतृत्वमा रिहार र निम्बुखुटी टेङ्नैयाका करिब ३ सय गाईहरुको लागि ६ ट्याक्टर पराल सहयोग गरिएको हो।
बगारबाबा गोरक्ष गौधाम रिहारमा करिब २ सय गाईलाई संरक्षण गरिएको छ । त्यहाँ ४ ट्याक्टर पराल सहयोग गरिएको हो भने लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी स्थित टेङ्गनैया बाबा धार्मिक बिकाश क्षेत्रले संरक्षण गरेका करिब १ सय गाईका लागि २ ट्याक्टर पराल सहयोग गरिएको छ ।
गाईको आहारका लागि समस्या भएको गुणासो बढे सँगै पराल सहयोग गरिएको युबा ब्यबसायी कमल सिँह ठकुरीले बताए । गाईका लागि कोमल बिक्रम सिंह ठकुरी, योगेन्द्र प्रताप सिंह ठकुरी, बिकाश बोहरा, टिका बहादुर के.सी, मधुसुदन श्रेष्ठ, रबी पौडेल, शम्भु सिंह ठकुरी र संयोजक कमल सिंह ठकुरी लगायतले पराल सहयोग गरेका हुन ।
बिगत ५ बर्ष देखी गाईका निम्ति निरन्तर सहयोग जुटाउँदै आएको युवा समुहले केही दिन पहिला मात्रै स्वर्गद्वारीका गाईलाई २३ ट्याक्टर पराल सहयोग गरेको थियो ।
रिहार गौशालाका गाईलाई तत्काल थप पराल सहयोग गरिने युवा ब्याबसायी कमल जँग सिह ठकुरीले जानकारी दिए ।