• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ४. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ५. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ६. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ७. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ८. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ९. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • १०. प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी

महेश्वर शर्माको नयाँ कृति ‘संवेदनाको आकार’ लोकार्पण


  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित
  • रुपन्देही । कवि तथा गीतकार महेश्वर शर्माको नयाँ कविता कृति “संवेदनाको आकार” आफ्नै गृह जिल्ला रुपन्देही देवदहबाट शनिवार लोकार्पण भएको छ। अनुराग साहित्य समाज नेपालले आयोजना गरेको एक भब्य समारोह बिच सो कृति लोकार्पण गरिएको हो। कार्यक्रममा वरिष्ठ कवि,गीतकार अग्नि महाकाव्य बाट मदन पुरस्कार प्राप्त गर्नुभएका डा नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्याल,कवि समालोचक महेश कार्कि क्षितिज,कार्यक्रमका सभापति अनुराग साहित्य समाज नेपालका अध्यक्ष साहित्यकार निर्मल ढुङ्गाना,र कृतिका माता पिता नरेन्द्र प्रसाद शर्मा र सरस्वती शर्माले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो। बिएन पुस्तक संसार बाट प्रकाशन गरिएको कृति बाट कार्यक्रममा कवि महेश्वर शर्माले आफ्ना माता पिताको चरण स्पर्श गरेर कृतिभित्रका केही कविता वाचन गर्नुभएको थिए।

    Advertisement

    कार्यक्रममा कवि यज्ञ प्रसाद न्यौपाने र महेश कार्कि क्षितिजले सो कविता सङ्ग्रहको बारेमा शुभकामना सहित आफ्ना विचार राख्नुभएको थियो। प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार डा. नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम परिश्रमी,कवि,आख्यानकार,कथाकार तथा समालोचक महेश पौड्यालले शुभकामना मन्तव्य सहित कविलाई आगामी साहित्यिक यात्राको शुभकामना दिनुभएको थियो।

    कवि शर्माको साहित्यिक यात्रा निबन्ध लेखनबाट शुरु भएको भए पनि पछिल्ला दिनमा उहाँ कवि तथा गीतकारका रूपमा बढी सक्रिय हुनुहुन्छ।प्रस्तुत सङ्ग्रह उहाँको दोस्रो कविता कृति हो भने केही गीतहरू रेकर्ड भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियोहरूबाट समेत प्रसारण भइरहेछन् । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाबाट सन् २०२२ का लागि भानु अवार्ड प्राप्त गर्नुभएका कवि शर्मा थुप्रै पुरस्कारहरूबाट समेत पुरस्कृत हुनुभएको छ ।

    लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएका र अन्तर्राष्ट्रिय साहित्यिक मञ्चहरूमा नेतृत्वदायी भूमिकामा देखिएका शर्माले देवदह रुपन्देहीमा पिता नरेन्द्रप्रसाद शर्माको नामबाट साहित्यिक पुरस्कार प्रदान गर्ने गरी अक्षय कोषसमेत स्थापना गर्नुभएको छ। सोहि समारोहमा २०७५ देखि २०७८ सम्म नरेन्द्र अनुराग साहित्य पुरस्कार समेत प्रदान गरिएको थियो।समारोहमा सेतो सुनखानीका लेखक शम्भु अर्याल, हुटिट्याउँको मनका लेखक दीन पन्थी, एकलब्यको देब्रे हातका लेखक गिरि श्रीश मगर र तमोरका सुसेलीका लेखक लक्ष्मीकिशोर सुबेदी पुरस्कृत हुनुभएको थियो। कृति विमोचन कार्यक्रम अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता, वरिष्ठ साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता र संस्थाका सचिव श्याम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    दोस्रो चरणको कार्यक्रम अर्थात् अनुराग साहित्य समाजको अधिवेशनका लागि अधिवेशन निर्वाचन समितिका संयोजक डासिराम पाण्डेले बन्न लागेको नयाँ समिति निर्विरोध भएको र यमलाल अर्यालको अध्यक्षतमा रहेको १२ सदस्य समिति सर्वसम्मत भएको घोषणा गर्नुभएको थियो। समितिको वरिष्ठ उपाध्यक्षमा सरस्वती बस्याल, उपाध्यक्ष श्याम न्यौपाने, सचिव शिव प्रसाद काफ्ले, सहसचीव राजकिरण अर्याल, कोषाध्यक्ष अनन्तराम भण्डारी, सदस्यमा जानुका लम्साल, भगवती शर्मा तिवारी, राहुल देव सापकोटा, रिता पराजुली, पुजा ढुंगाना र दिप मिलन रहनुभएको छ।

    सोमबार, पुष ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित
    प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न
    गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ विमोचित
    ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
    बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    • ४.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ५.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ६.
      दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले

    भर्खरै

    • १.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • २.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ७.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ८.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation