प्यूठान । नेपाली कांग्रेस प्यूठानले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउन १५ जनाको नाम सिफारिस गरेको छ। जसमध्ये ६ जना प्रत्यक्षतर्फका आकांक्षी छन् भने ९ जनालाई समानुपातिकतर्फको उम्मेदवार बनाउन सिफरिस गरिएको छ ।
आज बसेको कांग्रेस प्यूठानको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डा. गोविन्दराज पोखरेल, निवर्तमान जिल्ला पार्टी सभापति अमंरप्रसाद भण्डारी, पूर्व पार्टी सभापति सुभास केसी, पूर्व पार्टी सचिव शिव रिजाल, महाधिवेशन प्रतिनिधि खिमानसिँह रायमाझी र विरेन्द्र थापाको नाम सिफारिस भएको छ।
त्यस्तै समानुपातिक तर्फ मुक्ति सुवेदी, दिबाकर गाैतम, मुक्ति प्रशाद शर्मा, कृष्ण प्रपन्न सुवेदी, भुबन भट्ट, धन लक्ष्मि श्रेष्ठ,देबि राम पुन, नाम बहादुर नेपाली र तिलक नेपालीको नाम सिफारिस गरेको हो।
कांग्रेसले प्रदेशका दुवै क्षेत्रका उम्मेदवारको नाम सिफारीस गरिसकेको छ ।