• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

मृत अवस्थामा शव फेला परे

लोकप्रिय समाचार

  • १. पछिल्लो घटनाक्रम बारे पत्रकार महासंघको जिल्ला अध्यक्षसँग संवाद

  • २. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • ३. काठमाडौंका विद्यालय सोमबारदेखि खुल्ने

  • ४. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ५. जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

  • ६. संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

  • ७. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ८. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

  • ९. सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • १०. वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

अब ‘पैँचो’का उत्पादन अमेरिकामा


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • काठमाडौं– ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैँचो पसल प्रालीद्वारा उत्पादित ‘पैँचो उत्पादन’हरु अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ।
    पैँचोले आफ्नो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्‍याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो। पैँचोका उत्पादन अमेरिका पुर्‍याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीमार्फत सहकार्य गरेको छ।
    ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल मन्त्रका साथ सुरु भएको पैँचो पसल प्रालीका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा छ। यस्तै विदेशमा बसोबास गर्ने नेपाली समुदायले पनि रुचाउने आफ्नै जन्म माटोको स्वादको पारखकै कारण समेत पैँचोले आफनो उत्पादनलाई औपचारिक रुपमा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन लागेको हो। लामो समय विदेशमा बसेपनि नेपाली स्वादप्रति भोको हुने आम उपभोक्ताको मनोविज्ञान र मागलाई मध्यनजर गर्दै विशुद्ध पहाडी र उच्चपहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गर्न पाउँदा पैँचो पसल प्राली आफूलाई गौरावान्वित महसुस भएको जनाएको छ। अर्गानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैँचो पसल प्रालीका बजार ब्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए। गैरेले भने, ‘अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै नै चाहना गरिरहेका हुन्छन् । त्यसैले पैँचोले अहिले नेपालको ग्रामीण स्वादलाई विश्वभरी छरिएर रहनुभएका नेपाली माझ पुर्‍याउने योजनामा अगाडि बढाइरहको छ ।’
    गुल्मीबाट सुरु भएको पैँचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोट लगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दैआएको छ।

    Advertisement

    अमेरिकामा किन ?

    नेपालमा अथाह सम्भावना हुँदा हुँदै पनि कमिसन र बढि नाफाको लोभमा विदेशी वस्तुहरुको अत्याधिक आयात भैरहेको छ। तर पैँचोले ती विदेशी उत्पादनसँग निरन्तर प्रतिस्पर्धा गरिहेको छ। बजार व्यवस्थापन गैरेले भन्छन्, ‘नेपालमा बनेको उत्पादनलाई विश्व बजारमा पुर्याउनु पनि नेपालीको लागि गौरबको कुरा हो। त्यसमाथि नेपाली उत्पादनप्रतिको विश्वासकै कारण हामीले विगतदेखि नै जापान, अष्ट्रेलिया र यूरोपका धेरै देशमा पैँचोका उत्पादन पुर्याउँदै आएका छौं । अमेरिका बस्ने नेपाली समुदायले नेपाल चिनाउने र नेपालमै उत्पादन भएको पैँचो उत्पादनको निरन्तर माग बढेपछि हामी अमेरिकी बजारमा प्रवेश गरेका हौं । नेपाली बजारमा पैँचो स्थापित भैसकको अवस्थामा विदेशमा रहेका नेपालीले पनि विभिन्न माध्यमद्वारा पैँचोको उत्पादनको उपभोग र बिक्री वितरणमा निरन्तर चासो देखाइरहनुभएको छ। त्यसैले ‘बसेपनि सहर गाँउकै खाने रहरको’ हाम्रो मूल मन्त्रलाई सार्थक दिन समेत अमेरिकाको यात्रा तय गरेका हौं । अमेरिका बसेपनि नेपाली पहाडी गाउँको खाद्य उत्पादन खान पाउँदा त्यहाँका उपभोक्ता खुशी हुने हामीले विश्वास गरेका छौं।’

    फेन्सी हाउस इन्कसँग सहकार्य
    अमेरिकाको न्यूयोर्कमा रहेको फेन्सी हाउस इन्कले अग्नि एक्जिम प्राली मार्फत नेपालमा उत्पादित खाद्यवस्तुलाई आयात गरेर त्यहाँबाट एक्पोर्ट फर्म नेपाल आईएनसी मार्फत अमेरिकाभर वितरण गरिरहेको छ। यी तीनवटै संस्थाको सहकार्यमा कन्टेनरमार्फत पुग्ने विभिन्न नेपाली उत्पादनहरु अमेरिकाका विभिन्न राज्यमा उपलब्ध भइरहेका छन्।

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    विराटनगरले पायो छैटौं प्रधानमन्त्री
    जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र
    लुम्बिनी–गण्डकी मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका ९ निर्णय पारित
    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक : राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय
    संस्थागत क्षमतामा सरुमारानी जिल्लाकै नम्बर १

    लोकप्रिय

    • १.
      पछिल्लो घटनाक्रम बारे पत्रकार महासंघको जिल्ला अध्यक्षसँग

    • २.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • ३.
      काठमाडौंका विद्यालय सोमबारदेखि खुल्ने

    • ४.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ५.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ६.
      संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

    भर्खरै

    • १.
      जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

    • २.
      कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    • ३.
      संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

    • ४.
      लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

    • ५.
      युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

    • ६.
      संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

    • ७.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ८.
      वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation