• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

फोहोरले अस्तव्यस्त गोकुलेश्वर


  •   मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
  • दार्चुला। दार्चुलाको सुन्दर गोकुलेश्वर हिजोआज फोहोरै फोहोरको बजार जस्तो लाग्छ । चोक,गल्ली जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ । अझ त्यसैमाथी यो बर्षाको समय।
    बाटैभरी फोहोर असरल्ल देखिन्छ, फोहोरले सडक आधा ढाकिसक्दा पनि अहँ कसैलाई मतलब छैन। फोहोरको थुप्रोले जनस्वास्थ्यलाई जोखिममा पार्नुका साथै गोकुलेश्वरको सभ्यताको खिल्ली उडाइरहेको भान हुन्छ। घरघरबाट निस्केर फोहोरका थैलामैलाहरू खोलामा मिल्काईन्छ। ढलहरू सिधै चमेलिया नदिमा मिसिन्छन् । प्लास्टिकको आतंक यति छ कि सडक, नदी किनारा, घर–स्कुल–कार्यालयहरूमा प्लास्टिकजन्य खोलबाहेक अरु केही देखिन्न । अरबपति,लखपति व्यापारीहरूका जंक फुडदेखि हर बोत्तल–खोलहरूले गोकुलेश्वर बजार छोपिएको छ ।
    प्लास्टिकको अत्यधिक प्रयोग र जथाभावी विसर्जनका दुष्परिणामबाट हामी कोही सचेत छैनौँ । जिल्लाकैै पवित्र चरणावर्ती मानिने चमेलिया नदी फोहोरको डंगुर बोक्न बाध्य छ् । नदीलाई ‘पुज्ने’ देशमा नदीको यो हालत कसरी छ ? नदी ‘ईश्वर हुन् ’ भनेर भन्न हामीलाई लाज लाग्दैन ?
    सुन्दर सांस्कृतिक गोकुलेश्वर बजार अचेल अस्तव्यस्त छ। फोहोरले कुरुप बन्दै गएको छ। सामान्य नागरिक देखि मै हुँ भन्ने ठुलाबडालाई फोहोरको संस्कृतिले गिज्याइरहेको छ ।
    जसरी आफूलाई फोहोर गनाउँछ, हामी सोच्दैनौँ अर्काेलाई पनि उसरी नै गनाउँछ । घरभित्रै व्यवस्थापन गर्न सकिने फोहोर पनि हामीलाई बाटोमा नथुपारी खाएको पच्दैन । प्लास्टिक प्रयोग गर्दिनँ भनेर बसेका सचेत नागरिकले फोहोर थुपार्नै भए पनि प्लास्टिकका झोला किन्नुपरेको छ ।

    Advertisement

    फोहोर कसले ल्याएर यहाँ फाल्छ भन्ने थाहा छैन, यो फोहोर कहिले उठ्छ भन्ने पनि थाहा छैन। न जनतामा सडकमा फोहोर फाल्नु हुन्न भन्ने चेतना छ, न नगरपालिकालाई जनताले भोग्नु परेको सास्तीबारे मतलब छ ।’फोहोर नै विस्तरा, फोहोर नै डसना जस्तै छ। गोकुलेश्वर बजार दुर्गन्धित हुने अवस्था आउँदा पनि नगरले वैकिल्पक व्यवस्था गर्न नसक्नु लाजमर्दो भएको छ ।

    यति हुँदा पनि गोकुलेश्वरका बासिन्दा भनेर भन्न लाज लागिरहेको छैन ? अनि यही बजारका शत प्रतिशत मान्छे आफूलाई सभ्य, सुसंस्कृत ठान्छन् । कसैले चकलेट खाएर खोल खल्तीमा हाल्यो भने त हाँस्ने नागरिक कसरी पढेलेखेको ? कसरी शिक्षित ? कसरी चेतनशील भए ? जथाभावी पिच्चपिच्च थुक्ने, खकार्ने, मुत्ने, हग्ने, फोहोर खसाल्नेले अनि उहाँहरु नै विदेशमा यस्तो उस्तो भयङ्कर राम्रो सिस्टम हुन्छ भनेर गफ दिइरहेका छन् । अनि उहाँनै भन्छन् – सबले फोहोर फालेका छन्, तँ÷म एकजनाले फोहोर नफालेर सहर कसरी सफा हुन्छ ?
    बजारमा जसको ठूलो कम्पाउन्ड छ, उसले फोहोर त्यहीँ गाडेर सजिलै व्यवस्थापन गर्न पनि सक्छ । तर, सबैभन्दा धेरै फोहोर तिनै धनाढ्यहरूका घरबाट निस्किरहेको छ ।
    ठूलाठूला घर,पशल बनाउन सक्नेले त्यहीँ केही फोहोर व्यवस्थापन गर्न सकिने उपाय सोच्न सकेको छैन् । महँगा गाडी चढ्नेले झ्याल खोलेर फ्याँकेको मिनरल वाटरका बोतल,कुरकुरेको प्याकेट लगायत अन्य बजारमा पाईने खानेकुराका प्याकेटहरु सडकमै सानदारसात फाल्छन् ।
    यहाँ मेयर, अध्यक्ष, सदस्यजस्ता टाउकेहरूको कमी छैन । तर, फोहोरको जिम्मा मेयरको मात्र होइन नि । मेयरको पहिलो कर्तव्य हो तर उसलाई सघाउनु सबैको दायित्व मात्र होइन, कर्तव्य पनि हो । मेयरले पनि आफ्नो स्पष्ट योजना, भोगेको समस्याबारे सबैलाई स्पष्ट पार्नुपर्ने अनिवार्य छ ।
    एउटा वडासदस्यदेखि वडा अध्यक्षसम्मले मेयरलाई मात्र औँला देखाउने हो भने उनीहरू पदमा बसेको किन हो ? फोहोर ब्यबस्थापनमा स्थानिय बासिन्दा देखि स्थानिय सरकार सबैको चासो र सरोकार हुनुपर्छ।
    फोहोरले हुने जल प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषण र तिनले सिर्जना गर्ने रोगहरूको पीडाबारे हामी कहिले बुझ्छौँ ? फोहोर कसरी व्यवस्थापन गर्ने भन्नेबारे घरघरमा छलफल हुनुपर्छ । वडा सदस्यदेखि मेयरसम्मले आफ्नो क्षेत्रे सफाइबारे चिन्ता लिनुपर्छ । चिन्ता मात्र होइन जिम्मा लिनुपर्छ । हैन भने राजीनामा दिनुपर्छ ।
    प्रतिनिधि र कर्मचारीहरूले काम गरेनन्, भने यहाँका नागरिकदेखि सरकारबाहिरका दलसम्मले सचेतना–विरोधका कार्यक्रम गर्नुपर्छ । नागरिक चुप बस्ने भएर पनि शासकहरू मैमत्त भएका हुन् । उनीहरूलाई हामीले जे गरे पनि नागरिकले सहिदिन्छन् भन्ने बानी परेको छ ।
    फोहोर यसरी थुप्रिँदा पनि चुप बस्ने हामी नागरिक, कस्ता नागरिक ? घरमै चर्पी अनिवार्य भए जसरी फोहोर व्यवस्थापनका उपायहरू अनिवार्य बनाउनुपर्छ। जसको घर छैन, जग्गा छैन उसका लागि सामुदायिक तहमा व्यवस्था हुनुपर्छ ।
    तत्कालका लागि फोहोर उठ्नुपर्छ । फोहोरमा फोहोरी राजनीति गरिरहेका पदीय ढ्याकेहरूको अनुहार स्पष्ट चिन्नु र चिनाउनुपर्छ । फोहोर उठ्न नदिने दलका कार्यालय र ती नेताका घरघरमा फोहोरका पोलिथिन उपहार लिएर जान पनि ढिला गर्नुहुँदैन ।

    मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation