जनक पन्थ, गुल्मी । गीतकार एवं गायक तिलक बस्नेतको नयाँ लोक गीत सार्वजनिक भएको छ । बिभिन्न बिधामा गीत सृजना र स्वर भर्ने गरेका गायक बस्नेतले ‘पिरतीमा फुल बुट्टा भरेर’ नयाँ गीत सार्वजनिक गरेका हुन् ।
स्टेज कार्यक्रममा नचाउने खालको नयाँ लोकदोहोरी बजारमा ल्याएका हुन् । माया पिरतीमा तयार गरिएको गीतमा माया लगाउदा जुग जाने गरेर लगाउनु पर्ने कथा वस्तुमा तयार गरिएको छ ।
सामाजिक कार्यमा सक्रिय रहेका तिलका बस्नेत गायक र गीत सृजना गर्नका पनि दख्खल राख्दछन् । ‘पिरतीमा फुल बुट्टा भरेर’ नयाँ गीतमा गायक तिलक बस्नेत र शान्तीश्री परियारको स्वर रहेको छ ।
गीतमा बैकुण्ठ रायमाझीको शब्द, तिलक बस्नेतको लय रहेको छ । गीतको भिडियोमा मौसम हिमालीको निर्देश र हरिश निरौला, करिश्मा ढकालको अभिनय रहेको छ ।
Advertisement