• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

लोकप्रिय समाचार

  • १. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • २. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ७. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • ८. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ९. बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

  • १०. संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

मञ्जु पौडेलको ‘बाबाको आँगनी’ (भिडियो सहित)


  •   बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी। संगीत भित्र एउटा यस्तो कल्पना हुन्छन् जसले कसै न कसैको मन छुन्छ । गीत संगीत सबै लेख्ने र गाउनेलाई परेर पनि गाइदैनन्, लेखिदैनन्।
    संगीत एउटा मनोरंञ्जनको पाटो मात्रै पनि होइन् । फेरि संगीतबाट मनोरञ्जन नै हुदैन् भन्ने पनि हुँदैन् । हामी सबैले दिनमा खाली कुनै न कुनै बेला संगीत मुखबाट गुनगुनाउने गरिन्छ । पक्कै पनि यसले भित्री मन छोएको हुन्छ ।
    सबै गीतहरु मनोरञ्जन मात्रै हुन्छन् भन्ने हुँदैन्, कतिपय गीतमा मनोरञ्जनसँगै सन्देश पनि बोकेका हुन्छन् । कतियपय वास्ताबिक कथा वस्तुमा आधारित पनि हुन्छन् । कलाकाहरुले तयार गर्ने गीत समाजको यथार्थ कथा बस्तुहरु पनि चित्रण गरेका हुन्छ । यस्तै क्रममा गायिका मञ्जु पौडेलको तीज गीत सार्वजनिक गरेकी छन् ।
    गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘बाबाको आँगनी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । उनले सार्बजनिक गरेको गीतमा खासगरि तिजमा गाइने गीतसँगै एउटा कथा बस्तु पनि समाबेश गरेकी छन् । जुन कथा आफनै आमा गुमाउदाको पीडा र आमाले गुनगुनाएको गीत । गत वर्षको २०७८ साल कात्तिक ६ गते आफनी आमा भगवतीदेवी ज्ञवाली गुमाएकी गायिका पौडेलले यसपालीको तीजमा आफनी आमाले वषौं पहिले गुनगुनाएको गीतलाई आफुले आवाज दिएर आमाप्रति उच्च सम्मान व्यक्त गरेकी छन् ।
    आमाको छोरी भएर जन्मेपछि आमाप्रति गर्नुपर्ने उच्च सम्मानलाई उनले गीत मार्फत ब्यक्त गरेकी छन् । आमा गुमाउदाको पीडालाई मुटुमा गाठो पारेरउनले यसपालीको तीजमा आमाप्रति स्नण्ण्छम दर्साएकी छन् । गायिक पौडेलले सार्वजनिक गरेको गीतको सुरुमा बोलिएको आमाप्रतिको शब्द भावले आमाप्रति जो कोहिलाई भक्कानीने बनाउदछ ।
    गीत सुरु हुनुपूर्व उनले भनेकी छन्,आमा म तिम्रो छोरी हु, रगत हु, तिम्रो शंसस्कमर हु, तिम्रो चेतना हु, तिमिसँगै हास्न सिके, जीवन सिके, कला सिके कोमलता सिके, गाउन सिके, नाच्न सिके, गायन र नृत्य भित्र कलाको उच्चता भेटे, आज जुन गीत गाएकी छु , त्यो तिम्ले गुनगुनाएको, गाएको र मलाई गाउन सिकाएको गीत हो आमा, तर गीत मात्रै होइन मेरी आमाको इसवन्धन, मुटु र ममता हो,आमाहजुरको आवाजमा वषौं अघि सुनेको गीतमा आफनो स्वर भरेर तिम्रो सम्झनामा अर्पण गरेकी छु, आमा दुधको भारा त तिरेर सकिन्न सकिन्न, तर आज लाग्दैछ गीतको भारा पनि तिर्न नसकिदो रहेछ । यो त मेरी आमाको स्कृतीमा सम्झना हो, श्रृद्धा हो मेरो मनको चोखो सर्मपण ।
    ‘बाबाको आँगनी’ बोलको तीज गीतमा मादलको खरी झरेपनि बाबाको आगनीमा धुलो उडाउदै नाच्ने कथा वस्तु गीतमा रहेको गायिक पौडेलले बताइन् । बिहे भएर घरमा गएकी चेली आफनो माइती घरमा आमाले दिएका पाउजू, नाचेका कुराहरु गीतमा रहेको उनले बताइन् । तीज गीत वास्ताविक गाउँमा गाइने भाकाको रहेको पौडेलले बताइन् । आमाको सम्मान र गीतको एउटा कथामा छोरीले आमालाई गरेको आदर सम्मानलाई पनि समावेश गरेको गायिका पौडेलले बताइन् ।
    हिन्दु महिलाहरुको महान पर्व तिज आउन एक महिना वढि समय बाँकी छ । यहिँ अबसरमा उनले सार्वजनिक गरेको गीतको कथाले सर्वत्र चर्चामा छ । तिज गीत एउटा नारि बेदाना नारि भावको एउटा कथा वस्तु समेटिएको हुन्छ । यहिँ अनुरुप तिज गीत गाउँने प्रचलन पहिले देखि रहि आएको छ। पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिकता खालका तिज गीत ल्याउने गरेकी छन् । तिजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने तिजका गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ ।
    गायिका पौडेलको एकल स्वर रहेको गीतमा लय मञ्जुकी आमा स्वर्गीय भगवतीदेवि ज्ञवाली, शब्द शिब हमालको रहेको छ । गीतमा मञ्जु अनुशा र मञ्जु पौडेलकी स्वर्गीय आमालाई पनि देख्न सकिन्छ । पौडेलले सार्वजनिक गरेको गीत अञ्जु पौडेल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

    Advertisement

    गीतको पुरा भिडियो

    बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
    ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

    लोकप्रिय

    • १.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • २.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

    भर्खरै

    • १.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • २.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ३.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ४.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    • ५.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    • ६.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    • ७.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    • ८.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation