कपिलबस्तु।कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं ११ बलरमवापुर, बडेगावंका अवधेश २०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात् समाजसेवामा सक्रिय भए ।
बलरमवापुरमा पञ्चायत कालदेखी तिवारी परिवा निर्वाचित हुँदै आएको थियो । बडेगावका अवधेश यादवले राजनीतिमा पाइला टेकेपछी तिवारीको किल्ला भत्किइएको छ ।
स्थानीय तह निर्वाचन २०७४ मा वडा नं ११ मा जगदीश प्रसाद तिवारी विजयी भएका थिए । वडा अध्यक्ष पदमा विजयी भएपछी तिवारीले नागरिकको काम सहज रुपले नगरेको भन्दै अवधेश यादव नागरिक सेवा गर्दै राजनीतिमा सक्रिय हुँदै गए ।
यादव स्थानीय तह २०७९ को स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवार बन्ने अवसर पाए ।
समाजसेवा गर्दै आएका यादवले आफ्नो इच्छा नहुदा नहुँदै महाराजगन्ज वडा नं ११ को वडासदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न पगे । तिवारी पनि नेकपा एमालेबाट वडा अध्यक्ष पदको उम्मेदवार रहेका छन
नेपाली कांग्रेसबाट महाराजगन्ज ११ बनगाईका धर्मेन्द्र कुमार पुरी वडा अध्यक्ष, चानतार लोहार, सोनमती पासी,धनश्याम कुर्मी र अवधेश यादव सदस्य पदमा उम्मेदवार बनी वर्षौ देखीको तिवारी विरासतलाई भत्काउन सफल भएका छन ।
तिवारी ६ सय मतान्तरले पराजित भए । अवधेशले एक कुशल नेतृत्वको भुमिका निर्वाह गर्दै आफ्नी प्यानललाई विजयी बनाएका छ्न ।
अबको दिनमा वडाको सबै नागरिक सहज रुपले सेवा पाउने निर्वाचित वडाअध्यक्ष धर्मेन्द्र कुमार पुरीले बताउनु भयो ।